२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट एक लाख ३३ हजार नगदसहित कौडा खेल्ने ९ जना पक्राउ

२९ मंसिर २०७५, शनिबार ०८:०७

मङ्सिर २९, कावासोती | कौडा खेलिरहेको अवस्थामा प्रहरीले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–४ मदनपुरबाट नौ जनालाई गए राति पक्राउ गरेको छ । 

उनीहरुलाई हरि महतोले सञ्चालन गरेको माछा पोखरीको माछाको दान राख्ने छाप्रोमा कौडा खेलिरहेको अवस्थामा रु एक लाख ३३ हजार ४२० नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । कौडा खेल्ने स्थानबाट १६ थान कौडा, कौडा खेल्ने काठको बोर्ड दुई थानसमेत बरामद गरिएको उहा“ले बताउनुभयो । 

कौडा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा कावासोती नगरपालिका–१६ का ३८ वर्षीय अर्जुन गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, २० वर्षीय एनिस गिरी, मध्यविन्दु नगरपालिका–३ का ४३ वर्षीय तीलकराम महतो, बर्दघाट नगरपालिका–४ का ४० वर्षीय दीपक भण्डारी, बर्दघाट–१४ का ३५ वर्षीय छविलाल शर्मा, १५ का २८ वर्षीय लालबहादुर तामाङ, चितवनका ३५ वर्षीय श्यामबहादुर श्रेष्ठ र लमजुङ घर भई चितवनको भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय कविता गुरुङ रहेका छन् । 

पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य