2026-10-14 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम महोत्सव सम्पन्न भएको नौ महिना बितेपनी आयव्याय सार्वजनिक भएन

कमल रावल | पुष १, अछाम | अछाम उद्योग बाणिज्य  सङ्गले प्रथम अछाम महोत्सव सम्पन्न भएको नौ महिना बितेपनी आय व्याय सार्वजनिक गर्न सकेको छैन । गत बर्ष फागुन २ गते देखि १० गते सम्म “स्थानीय उत्पादन, कला संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि अछाम महोत्सव” भन्ने नाराका साथ साफेबगरमा प्रथम अछाम महोत्सवको आयोजना भएको थियो । 

महोत्सव सम्पन्न भएको नौ महीना विते पनि आय व्यय सार्वजनिक नगरेको भन्दै सामाजिक सञ्जाल तथा चोक चौराहामा टीका टिप्पर्णि हुन थालेको छ । महोत्सव सम्पन्न भए लगत्तै आय व्यव प्रस्तुत गरी बचेको रकमले पर्यटन प्रबद्धनको विकासमा खर्च गर्ने भने पनि अझै बैठक समेत बस्न नसकेकोमा संघका महासचिव बम बहादुर रावलले असन्तुष्टि जनाउनु भएको छ । महासचिव बम रावलले सार्बजनिक संजाल फेसबुकमा स्टाट लेख्दै महोत्सव सम्पन्न भएको एक वर्ष  हुन लाग्दा समेत आय ब्यय सार्वजनिक किन भएन कतै हजम त भएन भएन भनेर प्रश्न गर्नु भएको छ । उहाले तत्काल बैठक बोलाएर पत्रकार सम्मेलन मार्फत आय ब्यय सार्वजनिक गर्न माग गर्नु भएको छ । 

उहाको फेसबुकमा स्टाट कमेन्ट गर्दै अछाम उद्योग बाणिज्य सङ्गका उपाध्यक्ष राम बहादुर शाहले नआत्तीन आग्रह गर्दै केही दिनमा सार्बजनिक हुन कमेन्ट गर्नुभएको छ । जवाफमा रावलले अछामि जनतालाई महोत्सवको आयब्याय जानकारी गराउनु पर्ने माग गर्नु भएको छ । यस्तै अन्यले पनि सार्बजनिक सस्थाको हिसाब पादर्र्शिता हुनुपर्ने माग गरेका छन् । यता अछाम उद्योग बाणिज्य अछामका कार्यवाहक अध्यक्ष तथा महोत्सव मूल आयोजक समितीका संयोजक महेन्द्र कडायतले भने सार्वजनिक गर्ने तयारी हुदा हुदै पनि सबै पदाधिकारी को समय अभावका कारण  हुन नसकेको स्विाकार्नु भयो । 

उहाले महोत्सवको हिसाव सबै पारदर्शिताका साथ रहेको भन्दै एक हप्ता भित्र सार्वजनिक गर्ने तयारी रहेको बताउनु भयो । महोत्सव उद्धघाटनमा जिल्ला स्थित पर्यटकिय स्थल खप्तड, रामारोशन, बैद्यनाथ धाम, बान्नीगढी, तितौडा, पञ्चदेवल लगायतका पर्यटकिय स्थललाई राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा चिनाउने र जिल्लामा उत्पादित बस्तुको वजारिकरण गर्ने, कृषि, जडिबुटी तथा हस्तकलाका उत्पादनलाई व्यवसायीकरण गर्ने लगायतका दर्जन बढी उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश