२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम महोत्सव सम्पन्न भएको नौ महिना बितेपनी आयव्याय सार्वजनिक भएन

१ पुष २०७५, आईतवार ०६:२४

कमल रावल | पुष १, अछाम | अछाम उद्योग बाणिज्य  सङ्गले प्रथम अछाम महोत्सव सम्पन्न भएको नौ महिना बितेपनी आय व्याय सार्वजनिक गर्न सकेको छैन । गत बर्ष फागुन २ गते देखि १० गते सम्म “स्थानीय उत्पादन, कला संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि अछाम महोत्सव” भन्ने नाराका साथ साफेबगरमा प्रथम अछाम महोत्सवको आयोजना भएको थियो । 

महोत्सव सम्पन्न भएको नौ महीना विते पनि आय व्यय सार्वजनिक नगरेको भन्दै सामाजिक सञ्जाल तथा चोक चौराहामा टीका टिप्पर्णि हुन थालेको छ । महोत्सव सम्पन्न भए लगत्तै आय व्यव प्रस्तुत गरी बचेको रकमले पर्यटन प्रबद्धनको विकासमा खर्च गर्ने भने पनि अझै बैठक समेत बस्न नसकेकोमा संघका महासचिव बम बहादुर रावलले असन्तुष्टि जनाउनु भएको छ । महासचिव बम रावलले सार्बजनिक संजाल फेसबुकमा स्टाट लेख्दै महोत्सव सम्पन्न भएको एक वर्ष  हुन लाग्दा समेत आय ब्यय सार्वजनिक किन भएन कतै हजम त भएन भएन भनेर प्रश्न गर्नु भएको छ । उहाले तत्काल बैठक बोलाएर पत्रकार सम्मेलन मार्फत आय ब्यय सार्वजनिक गर्न माग गर्नु भएको छ । 

उहाको फेसबुकमा स्टाट कमेन्ट गर्दै अछाम उद्योग बाणिज्य सङ्गका उपाध्यक्ष राम बहादुर शाहले नआत्तीन आग्रह गर्दै केही दिनमा सार्बजनिक हुन कमेन्ट गर्नुभएको छ । जवाफमा रावलले अछामि जनतालाई महोत्सवको आयब्याय जानकारी गराउनु पर्ने माग गर्नु भएको छ । यस्तै अन्यले पनि सार्बजनिक सस्थाको हिसाब पादर्र्शिता हुनुपर्ने माग गरेका छन् । यता अछाम उद्योग बाणिज्य अछामका कार्यवाहक अध्यक्ष तथा महोत्सव मूल आयोजक समितीका संयोजक महेन्द्र कडायतले भने सार्वजनिक गर्ने तयारी हुदा हुदै पनि सबै पदाधिकारी को समय अभावका कारण  हुन नसकेको स्विाकार्नु भयो । 

उहाले महोत्सवको हिसाव सबै पारदर्शिताका साथ रहेको भन्दै एक हप्ता भित्र सार्वजनिक गर्ने तयारी रहेको बताउनु भयो । महोत्सव उद्धघाटनमा जिल्ला स्थित पर्यटकिय स्थल खप्तड, रामारोशन, बैद्यनाथ धाम, बान्नीगढी, तितौडा, पञ्चदेवल लगायतका पर्यटकिय स्थललाई राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा चिनाउने र जिल्लामा उत्पादित बस्तुको वजारिकरण गर्ने, कृषि, जडिबुटी तथा हस्तकलाका उत्पादनलाई व्यवसायीकरण गर्ने लगायतका दर्जन बढी उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य