२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने महासंघको निर्णय

२०७५, १ पुष आईतवार ०९:३९

राम नारायण पंडित,  पौष १, सिरहा। पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई बद्नाम गराउने व्यक्तिलाई नेपाल पत्रकार महासंघ सिरहाले कारवाही गर्ने तयारी गरेका छन् । सिरहाको लहानमा शनिबार आयोजित नेपाल पत्रकार महासघ सिरहा शाखाको १० औं साधारणसभामा पत्रकारको नाममा मोटरसाईकलमा जथाभाबी प्रेस लेखेर हिड्ने केहि व्यक्तिले गलत क्रियाकलाप गरिरहेकोले त्यस्ता कार्यलाई यथासिघ्र रोक्न कारवाही गर्ने निर्णय गरेको छ । 


गैर पत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिडँदै गरेको र महासंघलाई आँच आउँने गरी आचारसंहिता बिपरित काम गर्ने गरेकोले यस्तो निर्णय गर्नु परेको महासंघको भनाई रहेको छ ।

 नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वर गुप्ताको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवको प्रमुख आतिथ्यामा भएको साधारण सभाले सिरहामा रहेको महासंघको भवनलाई व्यवस्थित गर्दै लहानको लागि नयाँ भवन बनाउन समिति गठन, निष्कृय पत्रकारहरुलाई स–सम्मान विदाई तथा सक्रिय पत्रकारलाई सदस्यता र नविकरण गर्ने निर्णय गरिएको छ । त्यसैगरी, विभिन्न क्षेत्रका स्राष्टाहरुलाई महासंघले बार्षिक रुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने, पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि स्थानीयतहसँग समन्वय गरी अघि बढने र महासँघको कामकाजलाई व्यवस्थित गर्न एक जना कर्मचारी नियुक्ति गर्ने साधारणसभाले निर्णय गरिएको शाखाका सभापति गुप्ताले जानकारी दिएका छन् । 

कार्यक्रममा सल्लाहकार जीवछ यादव, महासंघ सिरहा कोषाध्यक्ष मनोज बनैता, प्रेस सेन्टर प्रदेश २ का अध्यक्ष हिरालाल चौधरी, प्रेस चौतारीका  रामभरोसी महतो, प्रेस सेन्टरका आशे विक, प्रेस युनियनका शम्भु यादव, प्रेस फोरमका रवीन्द्र श्रेष्ठ, अधिकारकर्मी दुर्गा परियार र साहित्यकार अर्जुन गुप्ता  लगायतकाले मन्तव्य राखेका थिए । 

महासंघका उपाध्यक्षद्धय रामबाबु यादव र रिँकु दासले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासंघका सचिव रोयान्टर मण्डलले गरेका थिए । कार्यक्रममा ७५ प्रतिशतको हाराहारीमा महासघका सदस्य पत्रकारहरुको सहभागी रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला