९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीलाई सुझाव – ‘तपाई जत्तिको ईमान्दर सिपाइ यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन’

१ पुष २०७५, आईतवार १२:४७

पुष १, काठमाडौँ | गृहमन्त्री राम बहादुर थापा बादललाई माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले जनबिद्रोमा आउनको लागि आग्रह गरिसकेको जानकारी दिएका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी) पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिदै अध्यक्ष किराँतीले प्रचण्डले जनयुद्धको कार्यभार र दायित्व भुलेको भन्दै प्रचण्ड भन्दा गृहमन्त्री राम बहादुर थापा राष्ट्रवादी र जनयुद्धको इमान्दार सिपाही भनेका छन् । 

‘अझै पनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईंलाई हामी नेता स्वीकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुशल कमाण्डर ईमान्दर सिपाइ यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं, उहाँले जवाफ पठाउनुभएको छैन।’ अध्यक्ष किरातीले गृहमन्त्री थापालाई इंगित गर्दै भने ।  

अध्यक्ष किरातीले प्रचण्डप्रति आक्रोशित हुँदैन प्रचण्डलाई डाँका नै भन्न बाध्य भएको बताए । उनले भने – ‘जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो, प्रचण्डलाई त हामीले डाँकानै भन्न बाध्य भयौं । उहाँ धोकेवाज बन्नुभयो ।'

अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भए पनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा समेत गरे । उनले पूर्व माओवादीका तर्फबाट केही साथीहरू खान पाइन्छ भनेर हाँस्दै गएको र केही बाध्यतामा परेर सत्तापक्ष नेकपा बनेको बताए । 


अध्यक्ष किराँतीले नेत्र विक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीसँग आठौं महाधिवेशनपछि पार्टी एकता गरिने दावीसमेत गरे । पार्टी लाइनमा थोरै मात्रै तलमाथि भएपनि सार एउटै भएकोले एकता हुने उनको भनाइ छ । वैद्यले भन्ने गरेको जनक्रान्ति, विप्लवको एकीकृत जनक्रान्ति र आफूहरुले भन्ने गरेको महान जनविद्रोहबीच ठूलो भिन्नता नरहेको भन्दै पार्टी एकीकरण हुने तर्क गरे ।

माओवादी केन्द्रले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्ने जनाएको छ । त्यसका लागि पुषभरी प्रदेश अन्तर्गत भेला हुने कार्यक्रम तय भएको छु।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण