2026-07-07 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीलाई सुझाव – ‘तपाई जत्तिको ईमान्दर सिपाइ यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन’

पुष १, काठमाडौँ | गृहमन्त्री राम बहादुर थापा बादललाई माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले जनबिद्रोमा आउनको लागि आग्रह गरिसकेको जानकारी दिएका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी) पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिदै अध्यक्ष किराँतीले प्रचण्डले जनयुद्धको कार्यभार र दायित्व भुलेको भन्दै प्रचण्ड भन्दा गृहमन्त्री राम बहादुर थापा राष्ट्रवादी र जनयुद्धको इमान्दार सिपाही भनेका छन् । 

‘अझै पनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईंलाई हामी नेता स्वीकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुशल कमाण्डर ईमान्दर सिपाइ यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं, उहाँले जवाफ पठाउनुभएको छैन।’ अध्यक्ष किरातीले गृहमन्त्री थापालाई इंगित गर्दै भने ।  

अध्यक्ष किरातीले प्रचण्डप्रति आक्रोशित हुँदैन प्रचण्डलाई डाँका नै भन्न बाध्य भएको बताए । उनले भने – ‘जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो, प्रचण्डलाई त हामीले डाँकानै भन्न बाध्य भयौं । उहाँ धोकेवाज बन्नुभयो ।'

अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भए पनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा समेत गरे । उनले पूर्व माओवादीका तर्फबाट केही साथीहरू खान पाइन्छ भनेर हाँस्दै गएको र केही बाध्यतामा परेर सत्तापक्ष नेकपा बनेको बताए । 


अध्यक्ष किराँतीले नेत्र विक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीसँग आठौं महाधिवेशनपछि पार्टी एकता गरिने दावीसमेत गरे । पार्टी लाइनमा थोरै मात्रै तलमाथि भएपनि सार एउटै भएकोले एकता हुने उनको भनाइ छ । वैद्यले भन्ने गरेको जनक्रान्ति, विप्लवको एकीकृत जनक्रान्ति र आफूहरुले भन्ने गरेको महान जनविद्रोहबीच ठूलो भिन्नता नरहेको भन्दै पार्टी एकीकरण हुने तर्क गरे ।

माओवादी केन्द्रले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्ने जनाएको छ । त्यसका लागि पुषभरी प्रदेश अन्तर्गत भेला हुने कार्यक्रम तय भएको छु।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने