Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महोत्तरीबाट नक्कली नागरिकता बनाउन खोज्ने एक महिलासहित २ जना पक्राउ

By kit 2 मिनेट पढाइ

<p>पुस २, गौशाला (रासस) | महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालाबाट भारतीय नागरिकलाई आफ्नो छोरा भनेर नागरिकता दिलाउन लागिएको अवस्थामा प्रहरीले सासू र ज्वाइँलाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>पक्राउ पर्नेमा औरही नगरपालिका–३ बस्ने ३९ वर्षीया सिवो देवी र उनका ज्वाइँ भारत विहारको मुजफ्फरपुरको शिवदासपुर दौरा असली पञ्चायत वडा नं ६ बस्ने २१ वर्षीय राजपाल सहनी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभयो ।&nbsp;</p><p>सासू सिवो देवीले ज्वाइँ राजपाललाई आफ्नो छोरा सरोज सहनी बनाई नागरिकता दिलाउनका लागि झूटो विवरण पेश गरेको अवस्थामा प्रशासनले शङ्का लागी सोधपुछ गर्दा दोषी देखिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो । प्रहरीले पक्राउ परेका राजपालको साथबाट भारतीय आधारकार्ड र सवारी चालक अनुमतिपत्रसमेत बरामद गरेको छ ।</p>