2026-09-13 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मटिहानीमा एम्बुलेन्स सेवा शुरु

पुष २, बर्दिवास (रासस) | महोत्तरी मटिहानी नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । 

नेपाल भारत महिला मैत्री समाज काठमाडौँले नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स आजदेखि सञ्चालनमा आएको हो । 

नेपाल भारत सहयोग कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय राजदूतावासले उपलब्ध गराएको सो एम्बुलेन्स समाजकी अध्यक्ष चन्दा चौधरीले आज मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डललाई हस्तान्तरण गर्नुभएको छ । एम्बुलेन्स प्राप्त हुनासाथ तत्काल सञ्चालनमा ल्याइएको प्रमुख मण्डलले बताउनुभयो । 

पूर्वराज्यमन्त्रीसमेत रहिसक्नुभएकी मटिहानीकै बासिन्दा समाजकी अध्यक्ष चौधरीले साधनकै अभावमा अकालमा ज्यान गुमाउनुपर्ने स्थिति देखेर एम्बुलेन्स ल्याइएको धारणा व्यक्त गर्नुभयो । सञ्चालनमा ल्याइएको एम्बुलेन्स रेखदेख र सम्भारको जिम्मा नगरप्रमुख मण्डलले नगरपालिका–६, ७ र ८ को संयुक्त कार्यालयलाई दिनुभएको छ । 

एम्बुलेन्स सेवा सञ्चालनले खासगरी गर्भवती र सुत्केरी व्यथाले ज्यान जोखिममा पर्ने महिलाका लागि निकै राहत हुने आपूmले आश पालेकी समाजकी अध्यक्ष चौधरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले