2026-07-07 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति दुःख व्यक्त

2018-12-18

पुष ३, काठमाडौँ (रासस) | पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले दुःख व्यक्त गरेको छ । 

राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) ले शोक विज्ञप्तिमार्फत मुलुकमा प्रजातान्त्रिक आन्दोलन, नेपाली राजनीति विकासक्रममा गिरीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् । 

राप्रपाका अध्यक्ष कमल थापाले गिरीको निधनको समाचारले आफू स्तब्ध र मर्माहत भएको बताउनुभयो । “निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्यत समकालीन नेपाली राजनीतिमा डा गिरीको दार्शनिक मूल्य मान्यता अनुकरणीय छ”, विज्ञप्ति उल्लेख छ । 

एकिकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो । 

राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएकामा दुःख व्यक्त गर्नुभयो । गिरीको आज बिहान ९३ वर्षको उमेरमा निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने