2026-09-04 06:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा गैरकानुनी कामलाई स्वीकार गर्न सकिन्न : मन्त्री बिष्ट

पुस ३,काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगारीको क्षेत्रमा सुधार गर्नका लागि कसैको दवाब स्वीकार नगर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवशको अवसरमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तरक्रियालाई संवोधन गर्दै मन्त्री विष्टले दबाब दिने र दवावको गलत प्रचार गर्नुको कुनै तुक नभएको बताए । 

बैदेशिक रोजगारका क्षेत्रमा जुन प्रकारका अपारदर्शी खेल र प्रयत्न विगतमा जारी रहे अब त्यो प्रकारको अवस्थाले देश भित्र र बाहिर प्रसय पाउने अवस्था रहँदैन मन्त्री विष्टले भने “अदृश्य, अपारदर्शी र गैरकानुनी कामलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिन्न ।”

अब आम जनता र राष्ट्रको हितका लागि काम गर्न कसैले रोक्न सक्दैन मन्त्री विष्टले भने “सरकार सुधारको बाटोमा होइन राजमार्ग बनाएर हिंड्न चाहन्छ।” आम जनताको हितका लागि काम गर्दा विभेदकारी संजाल, संयन्त्र हावी बन्ने र सुधार रोक्न अनेकन प्रयत्न हुने गरेको मन्त्री विष्टले बताए ।

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न आवश्यक कानुनी सुधार गर्न सरकार तयार रहेको उनले बताए । श्रमिकले आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउन प्रतिवद्द रहेको र त्यसका लागि दवाव झेल्न तयार रहेको बताए।

सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसङ्घले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ