2026-08-29 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेडियो रामारोशन १२ औँ बर्षमा प्रबेश

कमल रावल | पुष ३, अछाम | सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन एघारौँ बर्ष पुरा गरि १२ औँ बर्षमा प्रबेश गरेको छ । २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपचारिक रुपमा आफनो प्रशारण आरम्भ गरेको थियो । 

समुदायको हीतका लागि शिक्षा, स्वास्थ्य, शुसाशन, बिकास, कृषि, खेलकुद, गरिवि निवारण, वन वातावरण, धार्मिक, सँस्कृति पर्यटन लगाएतका क्षेत्रमा आवाज उठाउदै आएको छ । रेडियो रामारोशनले जिल्लाको परिवर्तनमा आफनो पहिचान बनाउन सफल भएको अध्यक्ष एकिन्द्र कुँवरले बताउनु भयो । महिला, दलित, पछाडी परेका समुदायको पक्षमा निरन्तर वकालत गर्दै समावेशि कार्यक्रम प्रशारण गर्दै आएको रेडियो रामारोशनले पुन थप समावेशि कार्यक्रमका साथ आफनो आगामि योजनालाई निरन्तरता दिने अध्यक्ष कुँवरले जानकारी दिनु भएको छ । रेडियोलाई आज सम्मको यात्रामा साथ दिने सम्पुर्ण स्रोता, विज्ञापनदाता र सहयोग गर्ने सुवेच्छुकहरुलाई धन्यवाद दिदै अध्यक्ष एकिन्द्र कुवरले रेडियो रामारोशनले पछाडी परेका वर्ग र समुदायको मुद्धालाई उठाएकाले सुदुरपश्चिममै छुट्टै पहिचानका साथ ११ बर्ष पुरा गरेको बताउनु भयो । 

अछाम जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा, पुर्ण खोप युक्त जिल्ला घोषणा गर्न महत्वपुर्ण योगदान गरेको रेडियो रामारोशनले आगामि दिनमा छाउपडी गोठमुक्त, पुर्ण साक्षर, वाल विबाह मुक्त, जातिय तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्नलाई सफल पार्नका लागि सरोकारवाला सँगको सहकार्य लाई अघि सारेको कुवरले बताउनु भयो । २०७४ सालमा स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन भएपछि अबको अभियान स्थानिय सरकारसँग सहकार्य गर्दै बिकास निर्माणमा पारदर्शिताका लागि खबरदारि, समाजिक अभियान अबको लक्ष्य रहेको स्टेशन म्यानेजर चन्द्र बहादुर थापाले बताउनु भयो । 

११ बर्ष अघि भाषा कला, सस्कृती र सुचना, मनोरञ्जन दिने उद्देश्यले आठ बर्ष अघि स्थापना भएको रेडियो रामारोशनले २०७० सालमा सुदुरश्चिममै शिक्षाको क्षेत्रमा अग्रणी भुमिका खेलेको भन्दै शिक्षा पुरुस्कार बाट समेत सम्मानित भएको थियो भने २०७० मै खेलकुदको क्षेत्रमा जिल्लामै पहिलो पटक भएको जिल्ला स्तरिण क्रिकेटको उपाधि समेत आफनो पक्षमा पार्दै नाम राख्न सफल भएको थियो । 

हाल रेडियो रामारोशनलाई स्थानिय सरकार, अछाम जिल्ला स्थित सराकारी तथा गैरसरकारी कार्यालय, सामुदायिक सुचना नेटवर्क सिआईएन, उज्यालो नाईन्टी नेटवर्क, एनेन्टेना फाउन्डेशन नेपाल, ईक्वल एक्सेस नेपाल, म्याक्स मिडीया, बिबिस लगाएत थुप्रै क्षेत्र सहयोग रहदै आएको छ । रेडियो रामारोशनले आज दिनभर आफनो बार्षिक उत्सवको अबसरमा आफना स्रोता, विज्ञापन दाता, कार्यक्रम प्रायोजक, शुबेच्छुक, सुभचिन्तकका सुझाव, सल्लाहलाई कार्यक्रमको रुपमा प्रशारण गर्ने रेडियो ब्याबस्थापन पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो