Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भीमदत्त नगरपालिका: झोलुङ्गे पुलमा बन्दैछ पिकनिक स्पट र उद्यान

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

पुष ३, महेन्द्रनगर | झोलुङ्गे पुल नजिक महाकाली नदी किनार नर्सरीमा बन्ने पिकनिक स्पट र उद्यानको जमिन घेरबार गरिएको छ । भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा पिकनिक स्पट र उद्यानको गुरु योजना बनाएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुङ्गे पुल आउने पर्यटकहरुलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागिएको हो । चालु आर्थिक वर्षमा यसका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

चार बिगाहा भन्दा बढी जमिन पिकनिक स्पट र उद्यानका लागि तारबार गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुङ्गे पुल आउने पर्यटकहरुलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागिएको बताए ।

‘पर्यटकहरुलाई सुविधा होस, आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रमा पिकनिक स्पट र उद्यान बनाउन लागिएको हो’ उनले भने,‘यस वर्षमा काम सुरु गर्छौ, त्यसका लागि तेस्रो नगर सभाबाट बजेट विनियोजन गरिएको छ ।’

नगर प्रमुख विष्टले झोलुङ्गे पुल आउने पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा पुगाएर हात्ती र नजिकको जमुनाभाडी पुगाएर चित्तल देखाउने तथा त्यसपछि राना थारु होमस्टेमा पुगाएर आदिवासी समुदायको संस्कृति अवलोकन गराउने लक्ष्य सहित पिकनिक स्पट र उद्यान निर्माणको योजना अघि सारिएको बताए ।

‘अहिले झोलुङ्गे पुल हेर्न आएर पर्यटक त्यत्तिक्कै फर्केर जान्छन्, वहाँहरुलाई यहाँ ल्याएर हात्तीसार, जमुनाभाडी र राना थारु होमस्टेमा पुगाउँछौ’ नगर प्रमुख विष्टले भने, ‘यहाँ आउने स्वदेशी विदेश पर्यटक पुलबाट नफर्कोस भनेर यसमा लागेका छौ ।’

झोलुङ्गे नगर क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा देखिएकाले यसको संरक्षण तथा प्रवद्र्धनका लागि नगरपालिका सक्रिय रुपमा लाग्ने उनले बताए ।

‘यो पुल दुई नगरपालिकामा पर्छ, यसको संरक्षण संवद्र्धनका लागि माहाकाली नगरपालिकासित पनि समन्वय तथा सहकार्य गर्छौ’ उनले भने ।

चालु आर्थिक वर्षमा पिकनिक तथा बाल उद्यान क्षेत्रमा शौचालय, वसपार्क सहितका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

महाकाली नदीमा चार लेन पक्की पुल निर्माण भएपछि झोलुङ्गे पुलबाट सवारी आवागमन बन्द गरिने नगर प्रमुख विष्टले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पार्क एण्ड पिपुल प्रोजेक्ट अन्र्तगत यस क्षेत्रमा स्थानीय राम बुढाले नर्सरी बनाएका थिए । निकुञ्जका हात्तीको आक्रमणबाट केही वर्ष अघि बुढाको ज्यान गएको थियो ।

भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लाल बहादुर शाहीले महाकाली नदीले धार बदलेपछि खाली जमिनमा स्थानीय बुढाले नर्सरी निर्माण गरेको बताए ।

‘अहिले नर्सरी सहितको तीन चार बिगाहामा पिकनिक स्पट, उद्यान निर्माण हुन लागेको छ’उनले भने ।

बगरमा पिकनिक स्पट र उद्यान निर्माण हुने भएपछि स्थानीयले गाउँमा रोजगारीका अवसर आउने आशा गरेका छन् । स्थानीय डम्मर देउपाले पर्यटन प्रवद्र्धन भएर स्थानीयलाई फाइदा हुने बताए ।

‘यो राम्रो छ, यसले गाउँमा रोजगारका अवसर आउँछन्, पर्यटक आएपछि यहाँका स्थानीयको व्यवसाय चल्छ’ उनले भने,‘यसबाट आफैं रोजगारी आउने आश राखेका छौ ।’