२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

धर्म संस्कृति प्रचारका लागि बहुसांस्कृतिक संग्राहलय: नगर प्रमुख विष्ट

३ पुष २०७५, मंगलवार १६:११

पुष ३, महेन्द्रनगर | भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले सबै धर्म संस्कृतिको संयुक्त प्रचारका लागि बहुसाँस्कृतिक संग्राहलय बनाउनु पर्ने बताएका छन् ।

भीमदत्त नगरपालिका वडा नं. १८ स्थित कञ्चन चर्चमा मंगलबारदेखि सुरु तीन दिने संयुक्त संगित कार्यक्रमको उद्घाटन समारोहमा नगर प्रमुख विष्टले विदेशीहरुलाई एकै ठाउँमा सबै धर्म संस्कृति अवलोकन गराउन बहुसाँस्कृतिक संग्रनाहलय बनाउन पर्नेमा जोड दिए ।

‘नयाँ संविधानमा मुलुक धर्म निरपेक्ष भनिएको छ, सबै धर्म संस्कृतिलाई स्थान दिइएको छ,’ कार्यक्रममा नगर प्रमुख विष्टले भने,‘सबै धर्म संस्कृतिलाई एकै ठाउँमा हेर्न मिल्ने गरी बहुसाँस्कृतिक संग्राहलय बनाउनु पर्छ, यसबाट विदेशीले एकै ठाउँमा सबै धर्म संस्कृतिको अवलोकन गर्न पाउँछन् ।’

सबै धर्मावलम्वीले मुलुक समृद्ध बनाउन भूमिका निर्वाह गर्नु पर्ने उल्लेख गर्दै नगर प्रमुख विष्टले निर्वाचित जनप्रतिनिधि, कर्मचारीले मात्रै देश विकास हुन नसक्ने जनाए ।

नयाँ संरचना अनुसार तीन तहको सरकार सञ्चालनमा आए पनि कर्मचारी समायोजन, पूर्वाधार निर्माण लगायतका समस्याले जन अपेक्षा अनुसार कार्य गर्न नसकिएको नगर प्रमुख विष्टले बताए ।


भीमदत्त नगरपालिकाले चालु वर्षलाई पूर्वाधार निर्माण र प्रचारप्रसार वर्ष घोषणा गरी विकास निर्माणलाई प्राथमिकता दिएको नगर प्रमुख विष्टको भनाई छ ।

‘सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिएको छ, यसलाई सफल बनाउन सबैले सहयोग गर्न आवश्यक छ, भीनपाले यस वर्षलाई पूर्वाधार निर्माण र प्रचार वर्ष घोषणा गरेको छ, त्यसका आधारमा कार्यक्रम अघि बढाएका छौ ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङ्गले संविधानमा धर्म निरपेक्ष लेखिए पनि एक धर्मले अर्को धर्मलाई सम्मान गर्न नसकेकोमा दुःख व्यक्त गरे । ‘एक धर्मले अर्कोको विरोध गर्न राम्रो होइन, सबै धर्मले एक अर्काको सम्मान हुन्छ’ संयोजक तामाङ्गले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो