2026-09-13 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा वन मुद्दामा पक्राउ पर्ने भरिया मात्रै

पुस ४, घोराही । डिभिजन वन कार्यालय दाङले गत आर्थिक वर्ष २०७४/७५ मा वन मुद्दामा १२० जनालाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दायर गर्र्यो । अघिल्लो वर्ष २०७३/७४ मा पनि करीब ६४ विरुद्ध मुद्दा चलायो । गत वर्ष १२० जनाविरुद्ध ९३ मुद्दा अदालतमा पेश गरेको जिल्ला वनले अघिल्लो वर्ष ६४ जनाविरुद्ध २५ मुद्दा अदालतमा दायर गरेको थियो । 

कार्यालयको तथ्याङ्कअनुसार विशेषगरी काठ चोरी गर्ने, काठ ओसारपसारमा संलग्न रहेका, जडीबुुटी ओसारपसार, वनमा आगो लगाउने, वन पैदवारलाई हानि नोक्सानी पु¥याउने, वन क्षेत्रबाट ढुङ्गा बालुवा ओसारपसारमा संलग्न, वन्यजन्तुको हाडछाला ओसारपसार र वन अतिक्रमण गर्ने छन् । 

कार्यालयको मुद्दा फाँटका प्रमुख माधवप्रसाद तिमिल्सिनाका अनुसार वन मुद्दामा पक्राउ पर्ने अधिकांश भरिया छन् । जिल्लाका वन क्षेत्रमा ढुङ्गा, बालुवा ओसारपसारदेखि जिल्ला बाहिरबाट चितुवा, हिउँचितुवा, रेडपाण्डा, कस्तुरीको बिना, रतुवा, कछुवाको छाला र दाँत ओसारपसारमा संलग्न पनि भरिया नै छन् । 

“मालिक आफँै त्यस्तो काममा संलग्न हँुदैनन्”, प्रमुख तिमिल्सिनाले भन्नुभयो, “भरिया नै पक्राउ पर्छन्, उनीहरू आर्थिक प्रलोभनमा परेर मालिकको नाम भन्दैनन् र अपराध स्वीकार गर्छन् ।” वनजन्य अवैध सामग्री ओसारपसारमा तस्करले विशेषगरी महिला, बालबालिका वा अपाङ्गता भएका व्यक्तिलाई प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा एक हजार २३० दाउरा र एक दशमलव २२ फिट चट्टा, एक हजार ९७८ घिनफिट ढुङ्गा, तीन मृगको छाला र एक थान स्यालको छाला र तीन थान बँदेलको छाला बरामद गरिएको थियो । कार्यालयले वनजन्य अवैध गतिविधिमा प्रयोग भएका १२ ट्र्याक्टर, दुई टिपर, दुई मोटरसाइकल, एक जीप, एक हाते आरा र एक बन्चरोसमेत बरामद गरेको थियो । 

अघिल्लो वर्ष २०७३/७४ मा पनि १५० घनफिट काठ, दाउरा, एक हजार ८१८ घनफिट ढुङ्गा, मृग, स्याल, चितुवाको छाला पक्राउ बरामद भएको थियो । त्यस्तै सात टिपर, एक मोटरसाइकल, आरा, हातेआरा, बन्चरोसमेत बरामद भएको थियो । 

कुनै पनि मुद्दा १८ महीनाभन्दा बढी लम्ब्याउन नपाउने कानूनी प्रावधान छ तर कार्यालयमा गत वर्ष २०७४/७५ मा मात्र दुई वर्ष नाघेका १९ मुद्दा अझै फछ्र्यौट हुन बाँकी छन् भने ४३ मुद्दाको किनारा लागिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले