<div>पुस ४, लहान | सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । <br></div><div>खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । </div><div>मृतक यादवको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ । ट्र्याक्टरको चालक फरार रहेकाले खोजी भइरहेको छ । </div>
December 19, 2018
समाज, सिराहा - SRH
सिरहामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु
By kit
2 मिनेट पढाइ










