2026-07-07 07:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठ्यो

2018-12-19

पुस ४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको बताएका छन् ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरे । सरकार अपेक्षाअनुसार गतिशील नभएको भन्दै प्रधानमन्त्रीले बोलेका र निर्णय गरेका कतिपय विषय पुनर्मूल्यांकन गर्नुपर्ने बताए ।

नेता पन्तले भने‘कतिपय मन्त्रीहरु विवादित र सक्षम नदेखिएकाले उनीहरुलाई हटाएर मन्त्रिपरिषद पुनर्गठन गनुपर्छ,’ उनले बैठकमा मन्त्रीहरुको कामकारबाहीको प्रधानमन्त्रीले नै मूल्यांकन गर्नुपर्ने समेत बताएका छन् |

 राष्ट्रिय अनुसन्धानलाई हटाएर गृह मन्त्रालयले कसरी शान्ति सुरक्षा कायम गर्न सक्छ भन्दै उनले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरुलाई सक्रिय बनाउने हो, उत्तरदायी बनाउने हो, सबैथोक आफूमा थुपारेर कार्यबोझ बढाउनु हुन्न । जुन अहिले भइरहेको छ ।’

नेता पन्तले प्रधानमन्त्रीको पार्टी प्रमुखको जिम्मेवारी खोस्ने प्रस्तावको भने विरोध गरे । प्रधानमन्त्रीलाई कमजोर पार्ने काम गर्न नहुने बताउँदै उनले भने, ‘प्रधानमन्त्रीले पनि आफ्नो कमजोरी सच्याउनुपर्छ र गुटबाट माथि उठ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने