२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस १५ देखि श्रम स्वीकृति लिन काठमाडौं धाउनु नपर्ने, कहाँ-कहाँबाट पाइन्छ श्रम स्वीकृति ?

२०७५, ४ पुष बुधबार १६:०९

पुष ४, काठमाडौं । आगामी पुस १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं नै आउनु नपर्ने भएको छ । अब प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु हुने पक्का भएको छ ।

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा प्रदशस्तरीय श्रम कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेर यो सेवा दिन लागेको हो । अहिलेसम्म काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको छ । अब विराटनगर, धनुषा, पोखरा बुटवल, सुर्खेत र धनगढीका श्रम कार्यालयबाट नै श्रम स्वीकति लिन पाइनेछ ।

संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्द्रीकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयले जनाएको छ । अहिले काठमाडौंको ताहाचलमा श्रम इजाजत लिन ठूलो भीडा लाग्दा ठूलो सास्ती छ ।

अब यो समस्या हट्ने र सहज रुपमा सेवाग्राहीले सेवा लिन पाउने श्रम मन्त्री गोकर्ण बिष्टको विश्वास छ । कार्यालयहरुमा टोकनसहितको सहज श्रम स्वीकति लिने व्यवस्था मिलाउने योजना मन्त्रालयको छ ।

पूर्वाधारहरु तयार भएपछि इकाइबाट अन्य प्कारका श्रम स्वीकृति पनि दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय