२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाउपडी कुप्रथा र बलात्कार विरुद्ध १ दिने अन्तरक्रिया

५ पुष २०७५, बिहीबार ०३:४४

कमल रावल | पुष ५, अछाम | प्रतिनिधी सभा सदस्य राम बहादुर बिष्टले छाउपडी कुप्रथा निर्मुल गर्नका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । अछाममा मात्र नभई देश भरमै अझै कुप्रथा मान्ने चलन भएकाले यसको नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउनु भयो । अछाम सदरमुकाम मंगलसेनमा भएको छाउपडी कुप्रथा र बलात्कार विरुद्ध १ दिने अन्तरक्र्रिया कार्यक्रममा बोल्दै हाम्रो समाजमा अझै पनी थुप्रै कुप्रथा रहेकाले यसलाई जडै देखि उन्मुलन पार्नका लागि सबैले एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो ।

संकल्पको सहयोगमा पुर्नसंरचना नेपालले आयोजना गरेको अन्तरक्र्रीया कार्यक्रममा बोल्दै नयाँ शाक्ति पार्टि नेपालको स्थायी कमिटी सदस्य हिसिला यमिले छाउपडी कुप्रथा अन्त्य गर्ने जिम्मा पुरुष महिलाको नभई सरकार र त्यससँग सम्बन्ध राजनितिकदलको भएको बताउनु भयो । अपराध जन्य कुप्रथा नियन्त्रणका लागि बनेको निती नियम तल्लो तह सम्म सरकारले लिएर जानु पर्ने बताउनु भयो । छाउपडी कुप्रथा बिकासको बाधक भएकाले यसलाई निर्मुल पार्नसके मात्र बिकास र समृद्धि सम्भव भएको बताउनु भयो ।


कार्यक्रममा जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावल, मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, कमलबजार नगरपालिका उपप्रमुख भुमिसरण बजगाई ढकाल, तुर्माखाद गाउपालिका उपाध्यक्ष अमृता बुढा, नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी सदस्य भिम बहादुर रावल, अन्तरपार्टी महिला संञ्जालका अध्यक्ष बिन्दु रावल, पत्रकार महासँघ अछामका सहसचिव मेनुका ढुगानाले आफ्नो प्रतिबिद्धता सहीतको मन्तव्य राखेको थिए । कार्यक्रममा सहभागि जनप्रतिनीधी, महिला अधिकारकर्मि, संञ्चारकर्मिले छाउपडी कुप्रथा अन्त्यका आगामि दिनमा गर्नुपर्ने योजना र अहीलको अबस्थाको बिचार ब्यक्त गरेका थिए । पुर्नसंरचना नेपालका सदस्य पबित्रा तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन पत्रकार धुब्र विसिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य