२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाउपडी कुप्रथा र बलात्कार विरुद्ध १ दिने अन्तरक्रिया

२०७५, ५ पुष बिहीबार ०३:४४

कमल रावल | पुष ५, अछाम | प्रतिनिधी सभा सदस्य राम बहादुर बिष्टले छाउपडी कुप्रथा निर्मुल गर्नका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । अछाममा मात्र नभई देश भरमै अझै कुप्रथा मान्ने चलन भएकाले यसको नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउनु भयो । अछाम सदरमुकाम मंगलसेनमा भएको छाउपडी कुप्रथा र बलात्कार विरुद्ध १ दिने अन्तरक्र्रिया कार्यक्रममा बोल्दै हाम्रो समाजमा अझै पनी थुप्रै कुप्रथा रहेकाले यसलाई जडै देखि उन्मुलन पार्नका लागि सबैले एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो ।

संकल्पको सहयोगमा पुर्नसंरचना नेपालले आयोजना गरेको अन्तरक्र्रीया कार्यक्रममा बोल्दै नयाँ शाक्ति पार्टि नेपालको स्थायी कमिटी सदस्य हिसिला यमिले छाउपडी कुप्रथा अन्त्य गर्ने जिम्मा पुरुष महिलाको नभई सरकार र त्यससँग सम्बन्ध राजनितिकदलको भएको बताउनु भयो । अपराध जन्य कुप्रथा नियन्त्रणका लागि बनेको निती नियम तल्लो तह सम्म सरकारले लिएर जानु पर्ने बताउनु भयो । छाउपडी कुप्रथा बिकासको बाधक भएकाले यसलाई निर्मुल पार्नसके मात्र बिकास र समृद्धि सम्भव भएको बताउनु भयो ।


कार्यक्रममा जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावल, मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, कमलबजार नगरपालिका उपप्रमुख भुमिसरण बजगाई ढकाल, तुर्माखाद गाउपालिका उपाध्यक्ष अमृता बुढा, नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी सदस्य भिम बहादुर रावल, अन्तरपार्टी महिला संञ्जालका अध्यक्ष बिन्दु रावल, पत्रकार महासँघ अछामका सहसचिव मेनुका ढुगानाले आफ्नो प्रतिबिद्धता सहीतको मन्तव्य राखेको थिए । कार्यक्रममा सहभागि जनप्रतिनीधी, महिला अधिकारकर्मि, संञ्चारकर्मिले छाउपडी कुप्रथा अन्त्यका आगामि दिनमा गर्नुपर्ने योजना र अहीलको अबस्थाको बिचार ब्यक्त गरेका थिए । पुर्नसंरचना नेपालका सदस्य पबित्रा तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन पत्रकार धुब्र विसिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ