२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वरका नगरवासी एक महीनादेखि खानेपानीबाट वञ्चित

५ पुष २०७५, बिहीबार ०६:४०

पुस ५, गौशाला | महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका बासिन्दा विगत एक महीनादेखि खानेपानीबाट बञ्चित रहेका छन् । 

नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १८१ उपभोक्ता विगत एक महीनादेखि खानेपानी पाउन नसकेर हैरान छन् । 

जलेश्वर नगरपालिकाको साविक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा खानेपानीको ग्राहक रहेकोमा ती कुनै पनि वडामा विगत एक महीनादेखि पानी नआएकाले र उपभोक्ता काकाकूल भएका छन् । 

ग्राहक खानेपानीको अभावमा टाढा टाढाबाट चापाकल, मोटर र बोरिङजस्ता स्रोतबाट पानी खान बाध्य रहेको जलेश्वर–२ का राजकिशोर साहले बताउनुभयो । करीब एक महीनादेखि खोपानीबाट पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुनलगायतका कामकाजमा निक्कै समस्या भएको जलेश्वर–४ का राजु श्रेष्ठले बताउनुभयो । 

यस सन्दर्भमा नेपाल खानेपानी संस्थान जलेश्वरका प्रशासन प्रमुख अजयकुमार प्रसादले जलेश्वर नगरपालिकाको मुख्य बाटो भएरै शहरी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत एपेक्स जेभी रोशन कन्सट्रक्सनले ह्युम पाइप राखेर नाला निर्माण गर्न लागेको क्रममा खानेपानीको पाइप ठाउँठाउँमा तोडेकाको कारण खानेपानी कार्यालयले पानीको सप्लाइ रोक्नुपरेको र सोही कारण उपभोक्ता खानेपानीबाट वञ्चित हुनुपरेको बताउनुभयो । 

उहाँले खानेपानीको कुनै गल्ती कमजोरी नरहेको, खानेपानीमा पानी पर्याप्त मात्रामा जम्मा रहेको र खानेपानी कुनै पनि बेला पानी तयार रहेको बताउनुभयो । तर नाला निर्माणको लागि ह्युम पाइप राख्नको लागि स्काइभेटरले बाटो खन्दा ठाउँठाउँमा खानेपानीको छ इन्च र आठ इन्चका पाइपका साथै मुख्य पाइपसमेत तोडेको र अहिलेसम्म पनि तोड्ने क्रम जारी रहेकाले पानी सप्लाइ दिएपछि पूरै शहर नै जलमग्न हुने भएकाले पानीको सप्लाइ रोकेको बताउनुभयो । 

खानेपानी कार्यालयले जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र र महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पनि खानेपानी उपभोक्ताको समस्याबारेमा जानकारी गराउँदा उहाँहरुले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने र खानेपानी उपभोक्ताले निर्वाधरुपमा पानी खानुपर्ने बताउनुभयो, तर ठेकेदार कम्पनी आफ्नो कामप्रति मात्रै केन्द्रित भई खानेपानीको पाइप मर्मतमा खासै चासो नदेखाएको नगरवासीले गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो