२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा नेताहरुबिचको विवाद मिल्यो, १३ पदाधिकारी राख्ने सहमति

२०७५, ६ पुष शुक्रबार ०७:१६

 पुस ६, काठमान्डौ |  नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । 

शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने सहमति भएको उहाँले बताउनुभयो । 

प्रवक्ताले शर्माका अनुसार शीर्ष नेताबीच भएको सहमतिलाई आजै केन्द्रीय समिति बैठक बसेर पारित गरिनेछ । केन्द्रीय समितिबाट पारित भएपछि विधान मस्यौदा प्रतिवेदन भोलिको महासमिति बैठकमा पेश गर्ने पार्टीको तयारी छ । काङ्ग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि काठमाडौँमा जारी छ । 

यसअघि सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षको आ–आफ्नै अडानका कारण विधानमा सहमति हुन सकेको थिएन । महासमिति बैठक आरम्भ भएको एकसाता भइसक्दा पनि विधान मस्यौदासम्बन्धी प्रतिवेदन बैठकमा पेश हुन सकेको थिएन । 

काङ्ग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले तयार गरेको प्रतिवेदनमा यसअघि गत मङ्सिर १३ देखि २२ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिमा छलफल भएको थियो । 

यसअघि विधान मस्यौदामा सहमति हुन नसक्दा मङ्सिर २९ देखि पुस ३ गतेसम्म निर्धारित महासमिति बैठक पनि लम्बिएको छ । प्रवक्ता शर्माले महासमितिको निर्धारित बैठक अवधिमा छलफल गर्न समय अपर्याप्त भएकाले बैठक लम्बिएको बताउनुभयो । महासमिति बैठकमा निर्धारित अवधिभन्दा थप तीन÷चार दिन लम्बिन सक्ने उहाँले बताउनुभयो । 

महासमिति सदस्यले बैठकमा यसअघि नै पेश भइसकेका पार्टीको राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक र आन्तरिक आर्थिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने क्रम भने जारी छ । काङ्ग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने