२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जमीनमा महिलाको स्वामित्व बढ्यो

६ पुष २०७५, शुक्रबार ०८:०६

नारायणी  रजौरे  पुस ६, दाङ  (रासस) | कुनै समय थियो महिलाको नाममा जग्गा अर्थात सम्पत्ति राखिन्नथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्ने मान्यता थियो । महिलाको नाममा माइतीबाट प्राप्त भएको सम्पत्ति (पेवा) मात्र हुन्थ्यो । 

अझ अविवाहिता छोरीलाई त ‘उनीहरू अर्काको घर जाने जात हो, भोलि छोराले के खाला ?’ भन्ने समाजिक मान्यता थियो । त्यसैले घरको मालिक पनि पुरुष, जग्गाको मालिक पनि पुरुष, व्यवसायको मालिक पनि पुरुष हुने गर्दथे । तर त्यो परम्परा अहिले भने विस्तारै तोडिँदै गएको छ । 

सरकारले महिलाको नाममा जग्गा किनबेच गर्दा राजश्वमा केही प्रतिशत छुट दिने निणर्य गरेपछि महिलाको नाममा पनि सम्पत्ति राख्न थालिएको छ । राजश्वमा छुट हुने भएपछि महिलाको नाममा जग्गा पास गर्न पुरुष पनि उदार देखिन थालेका छन् । 

सरकारले सम्पत्तिमा महिलाको अधिकार सुनिश्चत गर्ने उद्देश्यले महिलाको नाममा घरजग्गा नामसारी गर्दा राजश्वमा छुट दिने नीति ल्याएपछि दाङमा महिलाको नाममा घरजग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । 

जिल्ला मालपोत कार्यालय दाङका खरिदार पुरुषोत्तम खनालका अनुसार यस यस आर्थिक वर्षको हालसम्ममा दाङका एक हजार ८७९ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । यसमा शहरी क्षेत्रका एक हजार ८६० जना र ग्रामीण क्षेत्रका १९ जना रहेका छन् । ती महिलाले आफ्नो नाममा जग्गा पास गर्दा रु ७३ लाख पाँच हजार ६२४ राजश्व छुट भएको छ । 

त्यसैगरी आर्थिक वर्ष २०७२/७३ मा शहरी क्षेत्रका पाँच हजार ९०९ र ग्रामीण क्षेत्रका दुई हजार ९८ गरी कूल आठ हजार सात महिलाको नाममा जग्गा पास गराउँदा रु दुई करोड १९ लाख ८५ हजार ८६८ राजश्व छुट पाएका थिए । 

वर्ष २०७३/७४ मा शहरी क्षेत्रका सात हजार ८९७ र ग्रामीण क्षेत्रका एक हजार ४३५ गरी जम्मा नौ हजार ३३२ महिलाको नाममा जग्गा पास हुँदा रु दुई करोड ८६ लाख १० हजार ७२३ राजश्व छुट पाएका थिए । 

आर्थिक वर्ष २०७४/७५ मा शहरी क्षेत्रका सात हजार ९९२ र ग्रामीण क्षेत्र ४७ गरी जम्मा आठ हजार ३९ महिलाको नाममा जग्गा पास भएको थियो । सो वर्ष महिलाले रु दुई करोड ७५ लाख पाँच हजार ६०१ राजश्वमा छुट पाएका थिए । 

कार्यालयका अनुसार सरकारको उक्त नीति लागू हुनुअघि जिल्लामा केही न्यून सङ्ख्यामा मात्र महिलाको नाममा जग्गा पास हुने गरेको थियो । अहिले त्यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । “हामी एकै रथका दुई पाङ्ग्रा हौँ, उनको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट पाइन्छ भने किन पास नगर्ने ? त्यसैले अहिले किन्न लागेको घर जग्गा श्रीमतीको नाममा पास गर्न लागेको छु”, तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय हरि अधिकारीले भन्नुभयो । 

मालपोत कार्यालयमा आफ्नो नाममा जग्गा पास गर्न आउनुभएकी तुलसीपुर–१२ की ४१ वर्षीया विष्णी रेग्मीले आफ्नो नाममा जग्गा राख्दा सुरक्षित पनि हुने र राजश्वमा पनि छुट पाउने हुँदा अहिले किन्न लागेको घरबासको जग्गा पास गराउन लागेको बताउनुभयो । 

आफ्नो नाममा जग्गा पास गराउन मालपोत कार्यालय तुलसीपुरमा आएकी अर्की महिला उपमहानरपालिका–६ की ५२ वर्षीया सुशीला भट्टराईले महिलाको नाममा सम्पत्ति भएपछि महिला घरपरिवारबाट हेपिन नपाउने बताउनुभयो । आफ्नो एकल निर्णयले श्रीमान्ले पनि जग्गा जमीन बेच्न नसक्ने उहाँको भनाइ थियो । 

“महिलालाई सशक्तीकरण गर्नुपर्छ भन्ने सोचले नै सरकारले महिलाको नाममा जग्गा पास गर्दा राजश्वमा छुट दिने नीति ल्याएको हो, यसबाट महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ साथै महिलाको स्वाभिमान पनि बढाएको बताउनुहुन्छ”, मालपोत कार्यालय दाङका प्रमुख विनोद पौडेलले भन्नुभयो । 

उहाँका अनुसार सरकारको यो नीतिले सम्पत्तिमा महिलाको पहुँचलाई बढाएको छ भने उनीहरूलाई आत्मनिर्भर बनाउन पनि सहयोगी रहेको छ । यसले शहरी क्षेत्रका भन्दा बढी ग्रामीण क्षेत्रका महिलालाई आत्मनिर्भर बनाएको छ । 

महिला अधिकारकर्मी तथा अधिवक्ता गोमा महराले पनि सरकारी नीति सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले महिलालाई सशक्तीकरण गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र सम्पत्तिमा महिलाको पहुँच स्थापित गर्न मद्दत पुगेको छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो