२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

सुदूरको ढुकढुकी लोकदेउडा लोप हुँदै

६ पुष २०७५, शुक्रबार ०८:४८

 पुस ६, बाजुरा (रासस) | सुदूरपश्चिम प्रदेशको ढुकढुकी देउडा गीत पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टालाई बजारमा टिक्न र बिक्न समस्या भएपछि देउडा गीत पछिल्लो समय लोप हुँदै गएको हो । समयको परिवर्तनसँगै बजारको मागअनुसारका रिमिक्स, आधुनिक, लोकगीत, सङ्गीतले छुट्टै पहिचान बोकेपछि सुदूर तथा मध्यपश्मिकै देउडा संस्कृति पछिल्लो समयमा सङ्कटमा परेको देउडा गायिका सुना विकले बताउनुभयो । 

मेला पर्व ऋतुलाई रमाउन गाइने ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समयमा लोकदोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका गीत बजारमा गुञ्जिन थालेपछि देउडाको अस्तित्व नै सङ्कटमा परेको चर्चित देउडा गायक प्रकाश थापाले बताउनुभयो । 

२०५६ मा “सुदूरपश्चिम विकटै भएनी सम्झना छ मैमरी गएनी” बोलको पहिलो देउडा गीत गाउनुभएका थापाले हालसम्म पाँच सय बढी लोकदेउडा गीत गाइसकेको जानकारी दिनुभयो । विश्व बजारमा प्रविधिले एकतर्फीरूपमा विकास गरेपछि देउडा संस्कृति सङ्कटमा पर्दै गएको हो । प्रविधिको कारणले नै सुदूरपश्चिम तथा मध्यपश्चिमको देउडाको अस्तित्व घट्दै गएकाले यसको जगेर्ना गर्न दिनरात लागि परेको सुदूरसाहित्यिक प्रतिष्ठान बाजुराका अध्यक्ष एवं देउडा गायक हर्क खडायतले बताउनुभयो । 

घाँसपात मेला पर्व, छठ, जन्त, बरियाँतमा गाइने भारी खेल, ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समय लोकदोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका रिमिक्स गीतले बजार तताइरहँदा देउडा गीत लोप हुँदै गएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य