२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् कानून निर्माणमा लागिरहेको छ : अध्यक्ष तिमिल्सिना

२०७५, ६ पुष शुक्रबार ११:०६

पुस ६, काठमान्डौ  (रासस) |  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच द्विपक्षीय हित तथा संसदीय गतिविधिलगायत विविध विषयमा कुराकानी भएको थियो । 

अध्यक्ष तिमिल्सिनाको सचिवालयद्वारा जारी विज्ञप्तिका अनुसार भेटघाटमा अध्यक्ष तिमिल्सिनाले नेपालले सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी आवश्यक कानून निर्माणमा संसद् लागिरहेको बताउनुभएको थियो । 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “समृद्ध नेपाल सुखी नेपाली भन्ने ध्येयका साथ नेपाल सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ । पूर्वाधारसँगै व्यापार, पर्यटन र कृषिको आधुनीकरणमा जोड दिएको छ ।” 

 अवसरमा जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी आगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै जापान सरकारको सहयोगमा निर्माणाधीन पाँच परियोजनाको आफ्नो प्रतिनिधिमण्डलले अवलोकन गरेको जानकारी गराउनुभएको थियो । उहाँले नेपालको आर्थिक समृद्धिमा जापान सरकारको साथ र सहयोग निरन्तर रहने जानकारी दिनुभएको थियो । 

 राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच द्विपक्षीय हित तथा संसदीय गतिविधिलगायत विविध विषयमा कुराकानी भएको थियो । 

अध्यक्ष तिमिल्सिनाको सचिवालयद्वारा जारी विज्ञप्तिका अनुसार भेटघाटमा अध्यक्ष तिमिल्सिनाले नेपालले सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी आवश्यक कानून निर्माणमा संसद् लागिरहेको बताउनुभएको थियो । 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “समृद्ध नेपाल सुखी नेपाली भन्ने ध्येयका साथ नेपाल सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ । पूर्वाधारसँगै व्यापार, पर्यटन र कृषिको आधुनीकरणमा जोड दिएको छ ।” 

 अवसरमा जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी आगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै जापान सरकारको सहयोगमा निर्माणाधीन पाँच परियोजनाको आफ्नो प्रतिनिधिमण्डलले अवलोकन गरेको जानकारी गराउनुभएको थियो । उहाँले नेपालको आर्थिक समृद्धिमा जापान सरकारको साथ र सहयोग निरन्तर रहने जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी