2026-09-13 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा विद्यार्थीहरु चढेको बस दुर्घटना, १६ जनाको मृत्यु (घाइतेहरुको नाम सहित)

पुष ६, दाङ । दाङको तलुसीपुर नगरपालिका ३ राम्री भन्ने ठाउँमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थी बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गई फिर्ताहुने क्रममा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट अन्दाजी ६/७ सय मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

दुर्घटनास्थलमा ३ महिला १३ पुरुषको जम्मा १६ लास फेला परेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३४ जना विद्यार्थी,२ शिक्षक र एक जना चालक रहेका थिए ।

दुर्घटनामा घाइते हुनेहरुको विवरण 

-जिल्ला जुम्ला तातोपानि गा.पा.१४ बस्ने बर्ष १८ कि हिमाली हमाल,

– ऐ चन्दनाथ गाउपालिका ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री,

– जिल्ला दाङ घोउमनपा १५ रतनपुर बस्ने बर्ष १७ की समिक्षा रोकाया,

– जिल्ला अछाम मंगलसेन नगरपालिका बस्ने बर्ष १८ को बिक्रम भण्डारी,

– जिल्ला रुकुम त्रिबेणी गा.पा.३ बस्ने बर्ष १६ को प्रेम बहादुर खड्का,

– जिल्ला दाङ घोउमनपा १९ स्यूजा बस्ने बर्ष १७ की मेनुका रिजाल, नेपालगंज रिफर गम्भिर घाईते,

– जिल्ला जुम्ला चन्दनाथ गा.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी,

– ऐ.ऐ. ४ बस्ने बर्ष १६ की पर्शा रोकाया,

– जिल्ला अछाम मंलगसैन नगरपालिका वडा नं. नखुलेको बर्ष १९ को यूवराज ढुंगाना, (अवस्था सिरियस)

– जिल्ला रुकुम सानोभेरी गा.पा. ३ बस्ने बर्ष १६ की रोजिना पुन,

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले