2026-09-13 05:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखको चामुण्डामा ‘नगर भ्यू टावर’बन्ने

दैलेख, ७ पौष । दैलेखको पश्चिम क्षेत्रमा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगरपार्क निर्माण गर्ने भएको छ । नगरपालिकाको वडा नं. ६ को वत्काचौरमा नगर पार्क निर्माण गरिने भएको छ । हिन्दु राष्ट्रको सन्देश दिन यो पार्कको वत्काचौरमा भ्यु टावर राख्ने नगरपालिकाले तयार पारेको डिजाइनमा देख्न सकिन्छ ।

पार्कलाई थप आर्कषण बनाउन भ्यु टावर निर्माण गरिने बताईएको छ । हाल भ्यु टावरको लागि डिजाईन तयार भईसकेको चामुण्डाविन्द्रासैनी नगरपालिका प्राविधिक प्रमुख प्रकाश विक्रम शाहीले जानकारी दिए । पार्कलाई सुरक्षित बनाउन घेराबार गर्ने काम दु्रत गतिमा भईरहेको प्राविधिक प्रमुख शाहीले बताए । नगर पार्क भित्र बन्ने संरचनाहरू नेपाली वास्तुकलामा आधारित हुनेछन् । चामुण्डाविन्द्रासैनी नगरपालिका–६ को बत्काचौरमा करिब १० हेक्टर जमिनलाई घेरबार गरी पार्क बन्न लागेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले बताए । उक्त पार्कलाई विभिन्न संरचनाहरु निर्माण हुनेछन । जसमध्य ‘भ्यु टावर’ ‘मनोरञ्जन क्षेत्र’ ‘संस्थागत क्षेत्र’ ‘धार्मिक क्षेत्र’ बनाईनेछ । यस क्षेत्रमा विभिन्न प्रजातिका फूल तथा बोटबिरुवाको बगैंचा, पिकनिक स्थलहरूका साथै मृगस्थली पनि रहनेछन् ।

यस क्षेत्रमा हालै जनसहयोगबाट निर्मित भगवती मन्दिर वरिपरि क्षेत्रको थप विकासको लागि सामुदायिक कार्यहरू सञ्चालन गरिने छ । पार्कको थालनी गत आर्थीक बर्ष बाट सुरु गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा करिब ९ सय मिटरमा घेरवार गर्ने काम सम्पन्न भएको छ । गत आर्थिक वर्ष घेरवारका लागि नगरपालिकाले ४० लाख बजेट विनियोजित गरेको थियो । चालु आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजित गरेर टेन्डर प्रकृया सुरु भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन