2026-07-07 07:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम

2018-12-23

 भीष्मराज  ओझा पुस ८, काठमान्डौ (रासस) |  नेपाली काङ्ग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी काङ्ग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य एवं दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । 

प्रस्तावनामा “…नेपाली काङ्ग्रेसका नेता सुवर्णशम्शेर राणाको नेतृत्वको सरकारले सम्पन्न गरेको विसं २०१५ को प्रथम संसदीय आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी मतबाट विजयी भई सरकार गठन गर्ने सुअवसर प्राप्त…” वाक्य थप गरिएको छ । 

‘नेपाली काङ्ग्रेसको विधान, २०१७’ मा हालसम्म (विसं २०७२ फागुन २३ गते गरिएको आठौँ संशोधनसम्म) पार्टीका संस्थापक तथा अग्रज नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम मात्र उल्लेख गरी उहाँहरूको योगदानबारे चर्चा गरिएको थियो । 

पार्टीको स्थापनाकालदेखि नै जहानियाँ राणा शासनविरुद्ध सशस्त्र युद्धको नेतृत्व गर्नाका साथै पार्टीलाई आर्थिकरूपमा भरमग्दुर सहयोग गर्नुभएका संस्थापक नेता सुवर्णको नाम उल्लेख थिएन । यद्यपि पार्टीका अधिकांश सभा, सम्मेलन र कार्यक्रममा संस्थापक भनेर नेता शम्शेरको नाम उल्लेख गरिन्छ र उहाँका योगदानलाई पनि सम्झिइन्छ । 

मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न काङ्ग्रेसले गत भदौ ७ गते महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । गत मङ्सिर २९ गतेदेखि आजसम्म चल्ने महासमिति बैठकमा पार्टीको केन्द्रीय समिति बैठकबाट सर्वसम्मतले पारित विधान मस्यौदा शनिबार प्रस्तुत भएको थियो । उक्त विधान मस्यौदासहित अन्य सबै प्रतिवेदन बैठकले आज पारित गर्ने र त्यसपछि लागू हुनेछन् । 

तत्कालीन अन्योलपूर्ण राजनीतिक अवस्थामा नेता सुवर्ण नेतृत्वको सरकारले नै २०१५ सालमा मुलुकमा पहिलो संसदीय निर्वाचन सम्पन्न गरेको थियो । सो निर्वाचनमा काङ्ग्रेसले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त गरी बिपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । 

त्यस्तै प्रस्तावनामा “नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभाबाट विसं २०७२ मा बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक कृतिमानप्रति गर्व गर्दै” वाक्य थप गरिएको छ । 

प्रस्तावनामा “पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले सम्पन्न गरी नागरिकका आकाङ्क्षाअनुरुप बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै” पनि थप गरिएको नेता बडूले बताउनुभयो । 

विसं २००३ माघ १२ गते गठन भएको नेपाली राष्ट्रिय काङ्ग्रेस र २००५ साल साउनमा गठन भएको नेपाल प्रजातन्त्र काङ्ग्रेसको एकीकरणपछि २००६ सालमा नेपाली काङ्ग्रेसको स्थापना हुँदासम्म नेता सुवर्णले योगदान गर्नुभएको काङ्ग्रेसको इतिहासमा उल्लेख छ । 

विसं २००३ मा स्थापित राष्ट्रिय काङ्ग्रेसले जहानियाँ राणा शासनविरुद्ध अहिंसात्मक आन्दोलन थालेको थियो । आन्दोलन प्रभावकारी नहुँदा नेता सुवर्ण अधिनायकवादी सरकारविरुद्ध सशस्त्र आन्दोलन नगरेसम्म सफल नहुने भन्दै प्रजातन्त्र काङ्ग्रेस स्थापनामा लाग्नुभएको थियो । सोही अनुसार पछि दुवै काङ्ग्रेसको एकीकरण र सशस्त्र युद्धले मात्र राणाशासन अन्त भई प्रजातन्त्रको स्थापना भएको हो । 

नेता सुवर्णले २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरेपछि बिपी, गणेशमान र भट्टराईलगायत प्रमुख नेता जेलमा हुँदा राजाको उक्त कदमविरुद्ध बाहिर बसेर निरन्तर आन्दोलनको नेतृत्व गर्नुभयो । त्यस बारेमा बिपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा धेरै कुरा उल्लेख गरी सुवर्णको भूमिकाको प्रशंसा गर्नुभएको छ । उहाँको २०३४ सालमा निधन भएको थियो । 

प्रजातान्त्रिक आन्दोलनका क्रममा नेता सुवर्ण प्रवासमा जाँदा उहाँको कतिपय जग्गा जमीन तत्कालीन सरकारले हड्पेको थियो । केही सम्पत्तिपछि राष्ट्रियकरण गरियो । हालको नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री निवास र प्रधानन्याधीशको निवास रहेको जग्गा एवम् घर उहाँकै थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने