2026-09-08 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान

 नारायणी  रजौरे पुस ८, दाङ  रासस |  दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ । 

द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निमार्ण गर्ने निणर्य गरिएको थियो । 

उद्यान निमार्णका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो । 

सो लगत्तै विस २०५९ माघ ८ गते देखि त्यहाँ उद्यान निमार्णको काम सुरु गरिएको थियो । सुरुको दिनमा त्यस क्षेत्रमा धेरै झाडी तथा बुट्यानहरू सफा गर्न नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी, बुद्धिजीवि, व्यापारी, नागरिक अगुवाले योगदान गरेका थिए । 

सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रु ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम शुरु गरिएको उद्यान व्यवस्थापन समितिका सदस्य बालाराम रेग्मीले जानकारी दिनुभयो । 

उहाँका अनुसार त्यसपछि पनि पटकपटक गरी साविकको जिविस दाङ, तुलसीपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, व्यापारी, नेपाल सरकारको रु २ करोड ५० लाख मा समितको कार्यालय भवन, पर्खाल, शौचालय, प्रवेशद्वार, वनभोज स्थल लगायतका पूर्वाधार निमार्ण गरिएको हो । उहाँले त्यहाँ जनावर पशुपक्षी राख्न लागि सानो चिडियाखाना निर्माण गरिसकेको जानकारी दिनुभयो । उहाँले पशुपक्षी राख्न नेपाल सरकारबाट अनुमति लिनुपर्ने भएकाले त्यसका पहल भैरहेको बताउनुभयो। 

अहिले उद्यानको अवलोकन, घुमघाम गर्ने र वनभोज मनाउन दैनिक ३०० देखि ४०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको समितिका कर्मचारी डम्बर चौधरीले बताउनुभयो । 

उहाँका अनुसार पार्क अवलोकन गर्न आउनेहरूलाई प्रतिव्यक्ति रु १० शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट रु ३०० देखि ५०० सम्म शुल्क निर्धारण गरिएको छ । अहिले उद्यानमा चार जनाले रोजगारी पाएका छन् । 

पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । राप्ती राजमार्गअन्र्तगत तुलसीपुर–सल्यान सडक खण्डको ३ किलोमिटर उत्तरमा श्रीगै गाउँबाट झन्डै डेढ किलोमिटर कच्चीबाटो हिँडेपछि पूर्वमा पर्ने सो उद्यान पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तर तर्फ गणेशपुर गाउँ पर्दछ । 

उद्यान भित्र उत्तरतर्फ बालबालिकाहरूका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको निमार्ण गरिएको छ । त्यसैगरी उद्यान चराचुरुङ्गीको मधुर स्वर र प्राकृतिक तथा जैविक विविधताले पनि भरिपुर्ण रहेको पाइन्छ । त्यहाँ विभिन्न प्रजातिका वनस्पति र फुलहरूको बगँैचा पनि रहेको छ । 

दक्षिणतर्फ वनभोज खान बनाइएका १० ठाउँमा खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरूलाई आवश्यक पर्ने भाँडाकुँडा, दाउरा तथा ग्याँसको सुविधा पनि सो पार्कमा रहेको छ । 

उद्यान घुम्न बर्दियाको नारायणपुरबाट आउनु भएकी ४५ वर्षिया कमला चापागार्इंले पहिलोपटक यहाँ आउँदा निकै आनन्द भएको बताउनुभयो । शिक्षण पेशामा संलग्न चापागाईंले उद्यानको बारेमा धेरैको मुखबाट सुनेको तर आज प्रत्यक्ष घुम्न पाउँदा खुशी लागेको बताउनुभयो । 

त्यस्तै उद्यानमा वनभोज खान लमहीबाट आउनु भएकी ३५ वर्षिया सीता चौधरीले गाउँका सबै दिदीबहिनीको यहाँ वनभोज खान जानुपर्छ भन्ने रोजाइ भएकाले यहाँ आएको बताउनुभयो । 

विगतका वर्षमा नागरिक तथा वन समुहका उपभोक्ताहरूको अथक श्रमदान र राज्यले गरेको सहयोगले नै अहिले उद्यान जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित भएको उद्यान व्यवस्थापन समितिका पुर्व सचिव कुलप्रसाद कालाथोकीले बताउनुभयो । 

उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले उद्यान क्षेत्रमा पर्याप्त मात्रामा पानीको व्यवस्था नहुँदा, विद्युत र पार्कसम्म पुग्ने बाटो पक्की नहुँदा समस्याहुने गरेको बताउनुभयो । 

उहाँले उद्यानको विकासका लागि अहिले गुरुयोजना बनाउने काम भइरहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता