१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ : मन्त्री भण्डारी

८ पुष २०७५, आईतवार ११:२४

 पुस ८, सुर्खेत रासस |  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि कर्णालीका पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्ने बताउनुभएको छ । 

कर्णाली प्रदेश सरकारको सहयोग र नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको समन्वयमा राष्ट्रिय समाचार समिति रासस द्वारा आज आयोजित ‘प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’को आज यहाँ उद्घाटन गर्दै उहाँले पत्रकारले रचनात्मकरूपले कलम चलाउनुपर्ने तथा आफ्ना समाचारमाथि अनुसन्धान तथा आत्ममूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । 

सञ्चारसम्बन्धी हेर्ने मन्त्रालयका मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गर्ने, पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारले कर्णाली रेडियो, टेलिभजन सञ्चालन गर्ने जानकारी दिँदै सरकारले रासस र नेपाल पत्रकार महासङ्घसँग मिलेर काम गर्ने स्पष्ट गर्नुभयो । 

उद्घाटन समारोहमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई उत्तरदायी, विश्वसनीय र भरपर्दो बनाइने बताउनुभयो । उहाँले लोकतन्त्रलाई सुदृढ गर्न राससलाई समायानुकूल विकास गरिने बताउनुभयो । 

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल पुनःसंरचना गर्दै निकट भविष्यमा सातै प्रदेशबाट समाचार बुलेटिन प्रकाशन गरिने जानकारी दिनुभयो । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा सहभागी पत्रकारलाई समाचार सङ्कलन र स्थानीय समाचारदाता, नियमित र खोजी रिर्पोटिङ विषयमा प्रशिक्षण सञ्चालन गरिने रासस कर्णाली प्रदेशका संयोजक शुरबहादुर सिंहले जानकारी दिनुभयो । 

त्यस्तै प्रशिक्षणमा समाचार सम्पादन र भाषा, स्थानीयवासीको आँखामा पत्रकारिता, आलेख लेखन र स्रोत तथा संसदीय रिर्पोटिङ, फोटो पत्रकारिता र प्रदेश सञ्चार नीति तथा सूचनाको हकसम्बन्धी प्रशिक्षण दिइने संयोजक सिंहले जानकारी दिनुभयो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कर्णाली प्रदेश पहिलो हो । 

उद्घाटन समारोहमा रासस सञ्चालक समितिका सदस्य डिल्लीराम भट्टराई, प्रधानसम्पादक श्यामप्रसाद रिमाल, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापालगायतको सहभागिता छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह