2026-06-17 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाबाट फर्किएकाहरुले नेपालमै टुरिष्ट गाइडको काम पाउने, यस्तो छ मापदण्ड

पुष ८, काठमाडौं | वैदेशिक रोजगारीका क्रममा कोरिया गएर फर्किएका नेपाली कामदारले ‘टुरिष्ट गाइड’को काम पाउने भएका छन् । कोरियाबाट फर्किएका कामदारलाई समाजमा पुनर्स्थापना गर्न सघाउने गरी दक्षिण कोरिया सरकारले टुरिष्ट गाइडको काम दिलाउन सघाउने भएको हो ।

आगामी बुधबार नेपाल र कोरियाबीच सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदैछ । सम्झौतामा हस्ताक्षर गर्न कोरिया मानव संशाधन विकास सेवा केन्द्र (एचआरडी कोरिया) का सभापति किम दोङ्मान नेपाल आउदैछन् । 

कोरियाबाट फर्किएकाहरुलाई काम उपलब्ध गराउन केन्द्रले विश्व ओक्टा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेशन एसोसिएसन फर नेपाल, कोरिया साउथ इष्ट पावर कम्पनी र युएम होङगील ह्युमन फाउण्डेसनसँग समन्वय गर्दैछ । उनीहरुले कोरियाबाट घुम्न आएका कोरियन नागरिकहरुलाई नेपालमा गाइड गर्ने काम पाउने छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कले सन् २०१७ मा ३४ हजार ३ सय १ जना दक्षिण कोरियाका नागरिक नेपाल घुम्न आएको देखाएको छ । 

एचआरडी कोरियाका अनुसार ४ वर्षभन्दा बढी कोरियामा बसेर त्यहाँको संस्कृति राम्ररी बुझेका र कोरियन भाषा परीक्षा इपीएस तेस्रो श्रेणीभन्दा माथिल्लो श्रेणी ल्याएकाहरुलाई कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेशन एसोसिएसन फर नेपालमा कामका लागि सिफारिस गर्नेछ ।

कोरियाबाट फर्किएर गाइड बन्न चाहनेहरुले उक्त सिफारिसको आधारमा रोजगारी पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ