२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकै बेचेर भरतपुरमा घर

२०७५, ८ पुष आईतवार १६:०९

नारायण अधिकारी | पुष ८, चितवन (रासस) | सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण यहाँको एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन् । 

भरतपुर महानगरपालिका वडा नं १२ वसन्त चोकमा लक्ष्मी बुढाथोकी र उहाँका श्रीमान् लक्ष्मण बुढाथोकीले मकै पोलेर घर बनाउनुभएको हो । 

भरतपुर अस्पतालको चोकमा मकै पोल्दै गर्नुभएकी बुढाथोकीले भन्नुभयो, “हामीले यो व्यवसाय गरेको १९ वर्ष भयो ।” लक्ष्मीले शुरुआतीदेखि नै त्यही चोकमा मकै पोल्दै आउनुभएको छ भने श्रीमान् लक्ष्मणले पहिले ठेलामा मकै पोल्ने गरे पनि अहिले बालमन्दिर नजिकै चोकमा मकै पोल्दै आउनुभएको छ । यही कमाइले यो दम्पतीले तीन सन्तान हुर्काएको छ । 

जेठी छोरीको विवाह भइसक्यो भने एक छोरा र कान्छी छोरी कक्षा ११ मा पढ्दै छिन् । परिवारको पालनपोषण, पढाइ, विवाह दानसँगै जग्गा खरीद गरेर घर बनाउन उहाँहरु सफल हुनुभएको हो । 

उहाँहरुले जिल्लाको टाँडी, शुक्रनगर र गैँडाकोटबाट मकै ल्याएर श्रीमान् श्रीमती नै मकै पोलेर बेच्दै आउनुभएको छ । पहिला ठेलामा मकै बेच्दा केही राम्रो भए पनि अहिले एक ठाउँमा मात्र बसेर मकै बेच्दा पहिलाको जस्तो कमाइ हुन नसकेको लक्ष्मीले बताउनुभयो । 

आफूले विवाह गर्दा श्रीमान्ले रिक्सा चलाउने गरेको भए पनि पछि दुवै जनाले मकै बेचेर बस्न थालेको उहाँले बताउनुभयो । चितवन माइत र नुवाकोट घर भएकी बुढाथोकी विवाहपछि घर नगई यही बसेर काम गर्न थालेको बताउनुहुन्छ । 

श्रीमान्को रिक्सामा कमाइ कम हुँदै गएपछि आफूले मकै पोल्न थालेको र पछि श्रीमान्ले पनि मकै पोल्न थाल्नुभएको उहाँको भनाइ छ । जाडोको समयमा १५० घोगासम्म मकै बिक्री हुुने गरेको बताउने बुढाथोकी गर्मी समयमा भने ५० घोगा पनि बिक्न कठिन हुने बताउनुहुन्छ । अहिले दैनिक एक जनाको आम्दानी रु दुई हजार हाराहारी हुने गरेको लक्ष्मीले बताउनुभयो । “बिहान जाडोमा गएर मकै ल्याउनुपर्छ, दुःख छ दुःख भएर के गर्ने काम गर्नै प¥यो”, उहाँले भन्नुभयो । 

अहिले स्थानीय सरकारले सडकमा मकै पोलेर बेच्न नदिँदा व्यवसाय धरासायी बन्दै गएको उहाँको गुनासो छ । विदेशमा गएर सङ्घर्ष गर्नुभन्दा जति दुःख भए पनि आफ्नै देशमा काम गर्दा आनन्द आउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफ्नो देशमा मेहनत गर्यो भने सफल भइन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी