2026-09-13 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका मुसहर बस्तीमा नयाँ घर बन्ने आस पलायो

पुस १०, बर्दिवास | पातलो बोराले घेरिएको पालमा महोत्तरीका विभिन्न बस्तीमा बस्दै आएका मुसहरलाई अब आफ्नो नयाँ घर बन्ने आस पलाएको छ । 

प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले स्थलगत अनुगमन गरी जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन भवन चाँडै बन्ने आश्वासन दिएपछि मुसहरमा नयाँ घरमा बस्न पाइन्छ कि भन्ने आश पलाएको हो । “टहरा भत्काएर दुई वर्षदेखि पालमा बस्दै आएका छौँँ”, भङ्गाहा नगरपालिका–४ रामनगरस्थित मुसहरीटोलका जुडिया सादाले भन्नुभयो, “मन्त्रीको आश्वासनपछि नयाँ घर बन्ने आशा पलाएको छ ।” 

आइतबार राससले ‘घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । त्यही दिन मन्त्री यादवले भङ्गाहा नगरपालिकाका मुसहर बस्ती पुगेर ६० मुसहर पवरिवारलाई कम्बल वितरण गर्नुभएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत शहरी आवास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरको रेखदेखमा नयाँ घर बन्न थालेका हुन् । 

“घर बनाउन प्रक्रियागत त्रुटि भएकै हो, त्रुटि केलाएर प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढाउँछ”, मन्त्री यादवले भन्नुभयो । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुर र अन्य सम्बद्ध निकायसँग समन्वय गरिने उहाँले बताउनुभयो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७३÷७४ र आव २०७४÷७५ मा गरी जनता आवास कार्यक्रमअन्तर्गत महोत्तरीमा एक हजार घर बनाउन प्रक्रिया अघि बढाएको हो । निर्माण प्रक्रिया झण्झटिलो भएकाले काम तीव्र गतिमा बढ्न नसकेको जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले