2026-09-13 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तीन हजार रुपैयाँ दिएर हत्या गर्न लगाएको खुलाशा, दुई पक्राउ

पुष १०, सर्लाही (रासस) | यहाँ एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

बरहथवा नगरपालिका–५ का रामविलास महतोका ३० वर्षीय छोरा मालिक महतोलाई हत्या गरेको आरोपमा प्रहरीले सोही वडाका ३० वर्षीय धनेश्वर महतो र बागमती नगरपालिका–८ शङ्करपुरका २६ वर्षीय रवीन्द्र महतोलाई इलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

बीभत्स ढङ्गले टाउको क्षतविक्षत गरी हत्या गरिएको अवस्थामा यही पुस ७ गते घरभन्दा एक किलोमिटरको दूरीमा सोतीखोला चोरनिया पुलनजीक शव फेला परेको थियो । महतोको जग्गा खरीद बिक्री गर्दा भएको नाफा बाँडफाँडको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीले खुलासा जनाएको छ । मृतक महतोको नातामा भिनाजु पर्र्ने सोही ठाउँका पक्राउ परेका धनेश्वरको योजनामा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

हालसम्मको अनुसन्धानबाट धनेश्वरले रवीन्द्र र अर्का एक व्यक्तिको प्रयोग गरेर तीन हजार रुपैयाँ दिई हत्या गर्न लगाएको खुलेको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । हत्यामा संलग्न अर्का व्यक्तिको पनि पहिचान भइसकेकाले खोजी भइरहेको उहाँले जानकारी गराउनुभयो । 

जग्गाको कारोवारका साथै बागमती नगरपालिका–३ जिरायतमा निजी विद्यालयसमेत सञ्चालन गरेका महतोको उखु काट्न प्रयोग हुने धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । प्रहरीले हत्यामा प्रयोग भएको एक थान हतियार, एउटा मोटरसाइकल र रवीन्द्रले हत्या गर्दा लगाएको रगत लतपतिएको कपडासमेत बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले