२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले पहिलो चरणमा तीन लाख ४५ हजार कामदार लैजाने, नेपालबाट जिम्मा म्यानपावरलाई कि सरकारलाई ?

१० पुष २०७५, मंगलवार २०:०३

पुष ११, काठमाडौं | जापानको मन्त्रिपरिषद्ले मंगलबार आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै जापानमा नेपाली सहित बिभिन्न ९ देशका कामदार जान पाउने बाटो खुलेको छ । जापानले नेपाल, चीन, इण्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने भएको हो । 

अघिल्लो महिना संशोधन भएको आप्रवासन नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको बजेटमा २२.४ अर्ब जापानी ऐन विनियोजन हुने भएको छ । यसका लागि जापानभर सयभन्दा बढी परामर्श केन्द्र स्थापना हुनेछन् । यसमा नेपालीसहित ९ देशका ११ भाषीलाई लक्ष्य गरिएको छ । यसमा जापानी, अंग्रेजी, चिनियाँ, भियतनामी, कोरियन, स्पेनिस, पोर्चुगिज, नेपाली, इन्डोनेसिया, थाई र फिलिपीनी द्विपमा बोलिने तागालोग भाषी कामदारलाई लक्ष्य गर्दै उनीहरूलाई सहजीकरण गर्न यस्ता परामर्श केन्द्र स्थापना हुन लागेका हुन् ।

नेपालबाट जिम्मा म्यानपावरलाई कि सरकारलाई ? 

नेपालबाट जापान औपचारिक रुपमै कामदार जान पाउने समाचारहरु आईरहँदा कतिपय म्यानपावर व्यवसायीहरुमा यस सम्बन्धि चासो बढेको छ । जापानको मन्त्रिपरिषद्ले मंगलबार आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाल सहित ९ देशबाट जापानमा कामदार लैजाने निश्चित देखिए पछी नेपालबाट कुन तरिकाले कामदार जापान जालान प्रश्नको बिषय बनेको छ । यस सम्बन्धि छलफलको लागि केहि समयमै जापानका अधिकारीहरु नेपाल आउने बताइएको छ । नेपालबाट जापान कामदार कसरी पठाउने भन्ने बिषयमा औपचारिक छलफल नभए पनि सरकारी तवरबाटै जापानमा नेपाली कामदार पठाउनु पर्ने जोडदार माग उठेका छन् । सरकारले कोरिया कामदार पठाए झैँ न्यून शुल्कमा नेपाली कामदार जापान जान पाउने व्यवस्थाको लागि सरकार को बिकल्प नरहेको अधिकारीहरु बताउँछन्  ।

यस अघि प्रशिक्षार्थी कामदारको रुपमा जापान पठाउन केहि म्यानपावरले जिम्मा लिए पनि चर्को शुल्क अशुली गर्ने गरेको र पछिल्लो समय म्यानपावर व्यवसाय बिथिति र चर्को अशुलीको चरम चुलीमा रहेकै कारण पनि म्यानपावर मार्फत जापान पठाउने बिषय आलोचित विषय बनेको छ । 

त्यसो त जापान सरकार आफैले नेपालबाट जापानमा कामदार लिंदा कामदारको सम्पूर्ण विषयलाई व्यवस्थित पारिने जनाएको छ । जापान सरकारले कामदारलाई ऋणको पासोमा पारेर शोषण गर्न खोज्ने बदमासी गर्ने दलालले चलखेल गर्न नसक्ने खालको प्रावधानसहित कडा छनोट प्रक्रिया प्रस्ताव गरेको कारण पनि जापान कामदार पठाउने जिम्मेवारी म्यानपावरले नपाउने निश्चित छ । म्यानपावर मार्फत कामदार पठाउँदा चर्को शुल्कको चलखेल हुने हुँदा यस विषयमा जापान-नेपाल दुवै पक्षका अधिकारीहरु सचेत छन् । नेपालबाट कामदार पठाउने व्यवस्थालाई व्यवस्थित गर्न सरकारी तहकै संयन्त्रका सम्बन्धमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

यसअघिनै श्रम मन्त्री गोकर्ण विष्टले जापानका राजदूत मासामिची साइगोसँग भेटि सरकार आफैले जापानमा कामदार पठाउने गरि एमओयु गर्न आग्रह गरेका कारण पनि श्रम मन्त्रालयले म्यानपावरलाई यो जिम्मेवारी नदिने निश्चित छ ।

पाँच वर्षभित्र तीन लाख ४५ हजार कामदार लैजाने

१४ वटा क्षेत्रमा आप्रवासी कामदारका लागि खुला गरेको जापानले पहिलो चरणमा पाँच वर्षभित्र जापानले उल्लेखित देशबाट तीन लाख ४५ हजार कामदार लैजानेछ । नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्यता व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिजस्ता क्षेत्रमा आप्रवासी कामदार लिने छ । जापान रोजगारीका लागि जान आकांक्षीले आधारभूत जापानी भाषा जानेको र जापानी भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

सम्पूर्ण अपडेटको लागि 'बैदेशिक रोजगार' मोबाइल एप डाउनलोड गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य