Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमा विद्यार्थीलाई न्यानो कपडा वितरण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १३, कावासोती | नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा रहेको नेपाल धर्ती आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नगरपालिकाको पहाडी क्षेत्रमा रहेको सो विद्यालयमा अध्यनरत ७० विद्यार्थीलाई स्वीटर, टोपीजस्ता न्यानो कपडा वितरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>जाडोयाममा आधारभूत तहका विद्यार्थी न्यानो कपडा नहँुदा विद्यालयमा उपस्थित हुन अप्ठ्यारो परेको र पठनपाठनमा प्रभाव परेकाले विभिन्न दातासँग सहयोग सङ्कलन गरी न्यानो कपडा वितरण गरिएको महासचिव शर्माले जानकारी दिनुभयो ।&nbsp;</p><p>नगरपालिकाको बन्दीपुर, हर्खपुर, ढवाहा, पाटीश्वारा र मौलाथुम्कीका पाँच गाउँमा यो एउटा मात्र आधारभूत तहको विद्यालय रहेको छ । आधारभूत तहको अध्ययनपश्चात् यहाँका विद्यार्थी माध्यामिक तहको अध्ययन गर्न दुई घण्टाको पैदलयात्रा गरी सकला मावि केउरेनी तथा भीमसेन मावि रामवास पुग्नुपर्ने बाध्यता रहेको छ ।&nbsp;</p>