२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेलौरीमा तीनदिने माघी मेला आयोजना हुने

१३ पुष २०७५, शुक्रबार ०७:२८

पुस १३, कञ्चनपुर | कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीनदिने माघी मेलाको आयोजना हुने भएको छ । 

थारु कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २७ गतेदेखि २९ गतेसम्म बेलौरीको खुला मञ्चमा ‘थारु एकता हमार शान, शिक्षा भाषा, संस्कृति पौरहैती लैजिना हमर अभियान’ भन्ने मूल नाराका साथ प्रथम बेलौरी माघी मेला २०७५ आयोजना हुने भएको हो । 

मेलाको पहिलो दिन रक्तदान कार्यक्रम र थारु जातिको परिकार रहनसहनका साथै वेषभूषासम्बन्धी १५ वटा सांस्कृतिक कक्ष राखिने प्रचारप्रसार समितिका संयोजक कृष्ण गुम्बा चौधरीले जानकारी दिनुभयो । 

थारु जातिको परम्परागत कला संस्कृत झल्किने झाँकी, मघौटा नाच, मुङ्हरवा नाच, झुम्रा नाच, थारु नृत्य, थारु र गैर थारु राष्ट्रिय कलाकारको प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक चौधरीले बताउनुभयो । 

उहाँका अनुसार मेला सम्पन्न गर्नका लागि रु पाँच लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ । मेला १० हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो