२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोक्सी आरोपमा सानीमाबाटै मरणासन्न हुनेगरी कुटिइन् किशोरी

१४ पुष २०७५, शनिबार ०१:५२

पुस १४, सुर्खेत | ‘म आन्टीको घरमा बस्थेँ। उहाँकी सानी छोरी बिरामी भई। आइतबार राति आन्टीले आमालाई बोलाउनुभयो। आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्नुभयो। आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो। मैले हारगुहार गरेँ। आमाले पनि केही भन्नुभएन। मलाई कसैले बचाएनन्।’

यो कुनै कथाकी पात्रको भनाइ होइन। सुर्खेत वीरेन्द्रनगर-२ की १८ वर्षीया अमृता बुढाको पीडा हो। बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपीटमरणासन्न हुनेगरी कुटपीट भएको छ। शरीरभरी तातो पन्यूले डामिएको छ। अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन। एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ। पीडितकै आमा समेत ‘घरभित्रको कुरा मिलाउने पक्षमा’ छिन्। प्रहरीले कुटपीटमा संलग्न दुई जनालाई पक्रेको छ।

अमृता सिलाइकटाइको तालिम लिइरहेकी थिइन्। उनी वीरेन्द्रनगर-७ इत्राममा रहेकी सानीआमा कृष्णा काफ्लेको घरमा बस्दै आएकी थिइन्। केही दिनअघि कृष्णाकी तीन वर्षीया छोरी बिरामी परिन्। अमृताले बोक्सी लगाएकै कारण छोरी बिरामी परेको भन्दै कृष्णाले उनलाई कुटेको र डामेको प्रहरीले जनाएको छ।

तातो पन्यूँले डाम्दा अमृताको अनुहार, मुख, गोडा र ढाड पोलिएको छ। कृष्णाले आइतबार अमृताकी आमा टीका बुढालाई घरमा बोलाएर उनकै सम्मुख अमृतामाथि ज्यादति गरेकी थिइन्। घाइते छोरीलाई टीकाले चुपचाप घर लगिन्। छोरीको अवस्था गम्भीर देखेपछि बुबा लुन बुढाले सोमबार मात्र अमृतालाई अस्पताल भर्ना गरे। पाँच दिनको उपचारपछि अमृतालाई शुक्रबार डिस्चार्ज गरिएको छ। अस्पतालबाट निस्केपनि अमृता हिँडडुल गर्ने अवस्थामा छैनन्। शरीरको अधिकांश भाग पोलिएका कारण अमृता उठ्न र बस्न सक्दिनन्। घाउमा कपडा टाँसिएकाले उनी पीडा झेलिरहेकी छन्। यो खबर अन्नपूर्ण पोस्टमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो