२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

रु ८० विद्युत् महसुल तिर्न दुई हजार खर्च

१४ पुष २०७५, शनिबार ०२:४५

पुष १४, डोटी (रासस) | जिल्लास्थित दुर्गम स्थानीय तहका वासिन्दा ८० को विद्युत् महसुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् । 

जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घन्टौं टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुपर्ने बाध्यता छ । शिखर नगरपालिका–१ कपल्लेकी सेवाग्राही दीर्घबहादुर ऐरले भन्नुभयो, “गाउँमा तीन महिनामा एक पटक विद्युत्को मिटर रिडिङ हुने गरेको छ । ती तीन महीनाको रू ८० देखि १०० मात्रै बिलको रकम आउने गरेको छ ।” 

त्यसरी आएको बिलको भुक्तानीका लागि ग्रामीण क्षेत्रबाट पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जानुपर्ने हुँदा दुई हजारभन्दा बढी रकम खर्च हुने गरेको मुडभाराका सेवाग्राही गणेश महराले गुनासो गर्नुभयो । “बिलको रकम कमै हुन्छ, त्यो रकम तिर्न घण्टौँ हिँडेर दिपायल जानुपर्छ, गाडी भाडा रु ५०० र होटेलमा बास बसेको खाना खाएको गरी कूल रु दुई हजारभन्दा बढी रकम खर्च हुने गर्दछ”, उहाँले भन्नुभयो, “एकै दिनमा विद्युत््को बिल भुक्तानी गर्न नसकिने र पालो कुर्नुपर्ने अवस्थाका कारण सेवाग्राहीलाई झनै समस्या हुने गरेको छ ।” 

जिल्लाका ग्रामीण क्षेत्र कपल्लेकी, मुडभारा, सानागाउँ, गोपघाटलागयत क्षेत्रमा विगतमा विद्युत् महसुल बुझाउने काउण्टर खोलिएका भए पनि विद्युत कार्यालयले कमचारी अभाव भएको भन्दै सबै काउण्टर दिपायल र सिलगढी सारेपछि सेवाग्राहीलाई समस्या भएको हो । दिपायलस्थित विद्युत् सवस्टेसन प्रमुख भरत द्वारीयाले कर्मचारी अभाव भएकाले गाउँमा भएका काउण्टर दिपायल तथा सिलगढी सार्नुपरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कर्मचारीको अभाव भयो काउण्टर सार्नुप¥यो, क्षेत्रीय अफिस अत्तरियाले नयाँ कर्मचारी राख्न आदेश दिएको छैन, ग्राहकलाई समस्या भएको छ ।” यहाँका ग्रामीण क्षेत्रमा विद्युत् महसुल बुझाउने काउण्टर विस्थापित गरिएपछि सेवाग्राहीलाई महशुल बुझाउनका लागि निकै झण्झट र खर्च बढेको गरेको शिखर नगरपालिका–१ का वडाअध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्युत् महसुल बुझाउनका लागि सेवाग्राहीलाई समस्या भएकाले हामीले पुनः काउण्टर राख्न पहल गरिरहेका छौँ ।” रु ८० बिल तिर्न रु दुई हजार बढी खर्च हुन थालेपछि डोटीका सेवाग्राही विद्युत् कार्यालयसँग आक्रोशितसमेत बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन