२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘परियोजना बैंक’ बनाउँदै कर्णाली सरकार

१४ पुष २०७५, शनिबार ०४:१४

पुष १४, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । 

‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि प्रदेश सरकारले चैत महीनामा लगानी सम्मेलन गर्ने जनाएको छ । 

“कार्ययोजना बनाउँदैछौँ, सम्भाव्यता अध्ययनका लागि सम्बन्धित क्षेत्रका विज्ञको सूची तयार भइरहेको छ”, प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले भन्नुभयो, “परियोजनाका सबै पक्षलाई अध्ययन गरेर सरकारलाई दिशानिर्देशन दिन्छौँ ।” प्रारम्भिक सम्भाव्यताका आधारमा सम्भव हुने आयोजना मात्र परियोजना बैंकमा समावेश गरिने उहाँको भनाइ छ । 

यसअघि प्रदेश सरकारले वैदेशिक सहायता प्राप्ति र लगानी व्यवस्थापनका लागि विभिन्न १९ आयोजनाको सूची सङ्घीय सरकारसमक्ष पठाइसकेको थियो । सरकारले सडक, जलविद्युत्, सिमेन्ट कारखानादेखि पेट्रोलियम पदार्थको उत्खनन गर्नेसम्मका आयोजना पहिचान गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकारले आगामी चैत मसान्तसम्म प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गर्ने बताउनुभयो । सम्मेलनमा प्रधानमन्त्री, सङ्घीय मन्त्री, विदेशी दातृ निकायका प्रमुख तथा प्रतिनिधि, लगानीकर्तालगायतलाई आमन्त्रण गर्ने प्रदेश सरकारको तयारी छ । सम्मेलनले कर्णालीमा बृहत लगानीका लागि मार्ग प्रशस्त गर्ने सरकारको अपेक्षा छ । मन्त्री ज्वालाले कर्णालीमा जलस्रोत, जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहेकाले स्वदेशी÷विदेशी लगानीकर्तालाई तीनै क्षेत्रमा लगानी गर्न आह्वान गरिने बताउनुभयो । 

उहाँले बजेट कार्यान्वयनको आधार तय भइरहेकाले सरकारले अब परिणाम देखिने गरी काम थालेको बताउनुभयो । “प्रदेश संरचना सङ्घीयतासँगै आएको हो, प्रदेश सरकार सफल भए मात्र सङ्घीयता सही दिशामा अघि बढ्नेछ”, मन्त्री ज्वालाले भन्नुभयो, “त्यसैले उपलब्ध संरचना, समन्वय र कर्मचारीको संयोजन गर्दैछौँ, केही चुनौती कायमै रहे पनि यस वर्ष बजेट कार्यान्वयनको गति सन्तोषजनक हुनेछ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य