२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको कुश्मामा मगर महोत्सव हुने, यस्ता छन् महोत्सवका आकर्षकहरु

२०७५, १५ पुष आईतवार ०३:२८

साजन परियार, पर्वत । पर्वतको कुश्मा बजारमा पुन यूवा क्लवले मगर महोत्सवको तयारी थालेको छ । ३७ औँमगर दिवसको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो । फागुन ७ गतेदेखी १५ गतेसम्म महोत्सवकोआयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ  ।

पछिल्लो समय मगर साँस्कति तथा पहिचान लोप हुँदै जान थालेको भन्दै मगर संस्कृति तथा पहिचान संरक्षणगर्न महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनलेकला सँस्कृतिको संरक्षण र सम्र्वद्धन गर्न मगर महोत्सवको आयोजना गरेको बताउनुभयो ।

उहाँले महोत्सवलेपर्वतको पर्यटकिय महत्व र साँस्कृतिक विविधतालाई पनि प्रचार गर्ने बताउनुभयो । लोप उन्मुख तथा अमुर्तसस्कृतिको खोज अनुसन्धान गर्ने,स्थानीय भाषा,साहित्य,कला,सस्कृती र परम्परागत सिपको सरक्षण , सम्बर्दनगर्न र मगर साँस्कृतीक म्युजियम निमार्ण गर्ने उद्देश्यले महोत्सव गर्न लागेको पुन युवा क्लवका संस्थापकएवम् पूर्व अध्यक्ष जीवन पुन मगरले जानकारी दिनुभयो ।

मेलामा जिल्लाका प्राकृतिक सम्पदाहरुको संरक्षण र विकासमा सबैको ध्यानर्कशन गराउने, व्यापार तथा कृषिजन्य वस्तुको बिक्रि वितरणमा सहज पु¥याउन महोत्सवले भूमिका खेल्नेमा आफूहरु विश्वास्त रहेको जीवनपुनले बताउनु भयो ।

९ दिनसम्म संचालन हुने महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथैपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता, डान्स आईडल प्रतियोगिता, दोहारी गित प्रतियोगिता, सोरठी नाचप्रतियोगिता एवम् विभिन्न जातजातीका झाँकी प्रदर्शनी एंव स्थानीय खानाका परिकार पाईनुका साथै अन्यप्रतियोगितात्मक कार्यक्रम हुने क्लवका संरक्षक समितिका संयोजक छविलाल पुनले जानकारी दिनुभयो ।

महोत्सवमा करिव २ लाख दर्शकहरुले अवलोकन गर्नेे आयोजकको अपेक्षा छ । उक्त मेलामा प्रवेश शुल्क ८०रुपैयाँ तोकिएको छ । क्लवले ६० बर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई निशुल्क पूवेश गराईने क्लवले जनाएको छ ।त्यस्तै विद्यार्थीहरुको हकमा भने ५० प्रतिशत छुट गरिने भएको छ । महोत्सवमा १ सय २० वटा स्टलहरु राखिनेभएको छ । विगतका वर्षहरुमा दुर्लुङचोकमा आयोजना गर्दै आएको कार्यक्रम यसवर्ष भने बडागाउँ स्थितखेलमैदानमा आयोजना गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै