२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको कुश्मामा मगर महोत्सव हुने, यस्ता छन् महोत्सवका आकर्षकहरु

१५ पुष २०७५, आईतवार ०३:२८

साजन परियार, पर्वत । पर्वतको कुश्मा बजारमा पुन यूवा क्लवले मगर महोत्सवको तयारी थालेको छ । ३७ औँमगर दिवसको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो । फागुन ७ गतेदेखी १५ गतेसम्म महोत्सवकोआयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ  ।

पछिल्लो समय मगर साँस्कति तथा पहिचान लोप हुँदै जान थालेको भन्दै मगर संस्कृति तथा पहिचान संरक्षणगर्न महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनलेकला सँस्कृतिको संरक्षण र सम्र्वद्धन गर्न मगर महोत्सवको आयोजना गरेको बताउनुभयो ।

उहाँले महोत्सवलेपर्वतको पर्यटकिय महत्व र साँस्कृतिक विविधतालाई पनि प्रचार गर्ने बताउनुभयो । लोप उन्मुख तथा अमुर्तसस्कृतिको खोज अनुसन्धान गर्ने,स्थानीय भाषा,साहित्य,कला,सस्कृती र परम्परागत सिपको सरक्षण , सम्बर्दनगर्न र मगर साँस्कृतीक म्युजियम निमार्ण गर्ने उद्देश्यले महोत्सव गर्न लागेको पुन युवा क्लवका संस्थापकएवम् पूर्व अध्यक्ष जीवन पुन मगरले जानकारी दिनुभयो ।

मेलामा जिल्लाका प्राकृतिक सम्पदाहरुको संरक्षण र विकासमा सबैको ध्यानर्कशन गराउने, व्यापार तथा कृषिजन्य वस्तुको बिक्रि वितरणमा सहज पु¥याउन महोत्सवले भूमिका खेल्नेमा आफूहरु विश्वास्त रहेको जीवनपुनले बताउनु भयो ।

९ दिनसम्म संचालन हुने महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथैपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता, डान्स आईडल प्रतियोगिता, दोहारी गित प्रतियोगिता, सोरठी नाचप्रतियोगिता एवम् विभिन्न जातजातीका झाँकी प्रदर्शनी एंव स्थानीय खानाका परिकार पाईनुका साथै अन्यप्रतियोगितात्मक कार्यक्रम हुने क्लवका संरक्षक समितिका संयोजक छविलाल पुनले जानकारी दिनुभयो ।

महोत्सवमा करिव २ लाख दर्शकहरुले अवलोकन गर्नेे आयोजकको अपेक्षा छ । उक्त मेलामा प्रवेश शुल्क ८०रुपैयाँ तोकिएको छ । क्लवले ६० बर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई निशुल्क पूवेश गराईने क्लवले जनाएको छ ।त्यस्तै विद्यार्थीहरुको हकमा भने ५० प्रतिशत छुट गरिने भएको छ । महोत्सवमा १ सय २० वटा स्टलहरु राखिनेभएको छ । विगतका वर्षहरुमा दुर्लुङचोकमा आयोजना गर्दै आएको कार्यक्रम यसवर्ष भने बडागाउँ स्थितखेलमैदानमा आयोजना गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो