2026-06-17 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशबाट पहिलो श्रम स्वीकृति जिलानी मोमिनलाई

पुष १५, काठमाडौं | हिजोसम्म काठमाडौँबाट मात्र पाइने श्रम स्वीकृति आजबाट जनकपुरदेखि पनि जारी गर्न सुरु भएको छ । जनकपुरबाट आज पहिलो पटक प्रदेशबाट श्रम स्वीकृति पासपोर्ट नम्बर ०७८८८५९३ का एमडी जिलानी मोमिनले लिएका छन् । (तल तश्वीरमा हेर्न सक्नुहुन्छ) 


सरकारले पहिलोपटक आइतबारदेखि प्रदेशबाट नै वैदेशिक रोजगारीका सेवा उपलब्ध गराउन थालेको हो । पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र ५ को बुटवलबाट श्रम स्वीकृतिको सेवा सुरु हुनेछ । प्रदेशको श्रम कार्यालयले डिमान्ड लेटर, पूर्वस्वीकृति, श्रम स्वीकृति, उजुरी लिने र उजुरी फर्छ्यौटको समेत काम गर्नेछ । त्यस्तै प्रदेश कार्यालयबाटै अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्ने, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने र कामदारलाई सूचना प्रणालीमा सहजीकरण गर्ने काम गर्नेछ । 

जनकपुरमा वैदेशिक रोजगारीको लागि श्रम लिन पुगेकाहरुको उत्साहजनक उपस्थिति रहेको बैदेशिक रोजगार बिभागका आईटि प्रमुख राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब श्रम स्वीकृतिको लागि मात्र नभई बैदेशिक रोजगारीको समस्या बोकेर काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य भएको छ । पहिलो चरणमा प्रदेश २ र ५ बाट सेवा दिने र लगत्तै अन्य प्रदेशबाट सेवा सुचारु गरिने श्रम मन्त्रालयको तयारी छ । बैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी चाप रहेको प्रदेश २ मा पहिलो चरणदेखिनै कार्यालय स्थापना भएसँगै प्रदेशबाट सेवा लिने उपभोक्तालाई निकै सहज हुने भएको छ । प्रदेश २ बाट दैनिक करिब चार सय युवा रोजगारीका लागि विदेश जाने गरेका बैदेशिक रोजगार बिभागले जनाएको छ । त्यसपछि प्रदेश ५ बाट दैनिक करिब दैनिक तीन सय युवा बैदेशिक रोजगारीमा जाने गरेका छन् । 


माथिको तश्वीरमा: प्रदेश २ बाट पहिलो दिन श्रम स्वीकृति प्रदान गरिदै 

प्रदेश श्रम कार्यालयमा अधिकृतको नेतृत्वमा कम्प्युटर अपरेटर, सुब्बा, सहायकलगायत कम्तीमा ६ जनासम्म कर्मचारी रहनेछन् । 

प्रदेश ३ को कार्यालय ताहाचलनै रहने भएपछी अब बाँकी ४ प्रदेशमा पनि कार्यालय खुल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ