पुस १५, काठमान्डौ (रासस) | नेपाल कम्युनिष्ट पार्टीले गुरुङ समुदायको ‘तमु ल्होसार’ अर्थात् नयाँ वर्षको पावन अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण गुरुङ समुदायप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ । आज पार्टीका सहसंयोजक लोकनारायण सुवेदीले विज्ञप्ति जारी गरी नेपाल बहुभाषाभाषी, बहुजातीय र बहुसांस्कृतिक देश भएकाले राज्यले ती सबैको सम्मान गर्ने वातावरण बनाओस् र वैमनस्य तथा विभेद उत्पन्न हुने कुनै ठाउँ नदेओस् भन्ने पनि कामना गर्नुभएको छ ।
शुभकामना सन्देशमा नेपालीका साथै समग्र नेपाली जनसमुदायमा परस्पर एकता, सद्भाव र भाइचाराको सुसम्बन्धले निरन्तरता पाओस् र जातीय विद्वेष फैलाउने सबैखाले अतिवादी तत्वबाट देश र जनतालाई जोगाउँदै नेपाल र नेपालीको चौतर्फी विकासको निमित्त गुरुङ समुदायले महत्वपूर्ण योगदान गर्न सकोस् भन्नुभएको छ ।