२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दुर्घटना कम गर्न गुल्मी जिल्लामा सञ्चालित अटो रिक्समा स्टिकर

२०७५, १५ पुष आईतवार १५:०९

रमेश विश्वकर्मा | पुष १५, गुल्मी | जिल्ला ट्राफिक कार्यालयले दुर्घटना कम गर्न जिल्लामा सञ्चालित अटो रिक्समा स्टिकर टाँसिदिएको छ । रेसुङ्गा नगरपालिका भित्र सञ्चालित अटो रिक्सामा चालकले पछाडी सहजै देख्न नसक्ने भएकोले रातको समयमा टल्कने स्टिकर राख्नाले अरु गाडीहरुले सहजै देख्न सक्ने हुँदा दुर्घटना कम हुने भएकाले स्टिकर टाँस गरिएको हो । 

चालकहरुलाई रातको समयमा टल्कने स्टिकर र ट्राफिक नियमको बारेमा प्रशिक्षण समेत दिइएको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी पृथ्वीनारायण काफ्लेले जानकारी दिए । चालकलाई अटो रिक्सा तिव्र गतिमा नचलाउन, क्षमता भन्दा बढी यात्रु ओसारपोसार नगराउन, जथाभावी ठूला गाडीसँग ओभरटेक नगर्न ट्राफिक कार्यालयले अनुरोध गरेको छ । 

ट्राफिक नियम पूर्ण रुपमा पालना गदै यात्रुलाई सहज रुपमा सेवा दिन ट्राफिकले रिक्सा चालकलाई आग्रह गरेको छ । स्टिकर टाँसेर चालकहरु अनुशासित तथा स्टिकरको महत्व बुझ्न् सहज हुने छ । ट्राफिक कार्यालयले रिडी र श्रृङ्गामा सञ्चालित ट्याक्टरमा पनि स्टिकर टाँसेको हो । 

ट्याक्टर रातको समयमा बढी चल्ने र दुर्घटना हुने भएकोले ट्याक्टरको पछाडी स्टिकर टाँसेको ट्राफिक प्रमुख काफ्ले बताए । अटो रिक्सामा र ट्याक्टरमा रातमा टल्कने स्टिर टाँस्दा सडक दुर्घटना कम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अन्य ठाउँमा पनि सडक दुर्घटनालाई न्यूनिकरण गर्न यस्तो अभियानलाई अगाडि बढाइएको ट्राफिकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु