२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु

१५ पुष २०७५, आईतवार १६:१९

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर बुटवलमा आजदेखि सेवा प्रारम्भ गरेको छ । 

सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि बुटवलमा प्रदेश ५ कार्यालय स्थापना गरी श्रम स्वीकृतिको सेवा शुरू गरेको हो । श्रमिक फेरि फर्केर त्यही कम्पनी र त्यही देशमा जानका लागि मात्र यो सेवा यहाँबाट शुरू गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अगाडि श्रम स्वीकृतिको काम वैदेशिक विभागबाट मात्र हुन्थ्यो । 

उक्त सेवाको विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले आज बुटवलमा उद्घाटन गर्नुभयो । चापागाईंले वैदेशिक रोजगारमा जाने कामदारको चाप धेरै भएर विभागले आफ्नो सेवा विकेन्द्रित गरेको बताउनुभयो । प्रदेश ५ लाई लक्षित गरेर कार्यालय खोलिए पनि देशको जुनकुनै जिल्लाका कामदारको स्वीकृति यहाँबाट हुन्छ । कार्यालयबाट काम शुरू भएपछि काठमाडौँ पुग्नुपर्ने र दुई/चार दिन बसेर काम गर्नुपर्ने बाध्यता हटेको कार्यालय प्रमुख उमेश शर्माले बताउनुभयो । केही महीना अगाडि श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन सुनसरीको इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गर्नुभएको थियो । 

सेवा प्रारम्भ भएकै दिन कार्यालयमा मजदूर श्रम स्वीकृत गर्नेको भीड लागेको थियो । बुटवल कार्यालयमा उपसचिव शर्माको नेतृत्वमा १८ जना कर्मचारी खटाइएको छ । वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेजस्ता काम यस कार्यालयले प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी