२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जाँदैछ: अध्यक्ष दाहाल

२०७५, १६ पुष सोमबार ०७:५१

पुस १६, काठमान्डौ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताउनुभएको छ । 

नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई आज आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको बताउनुभयो । 

अध्यक्षले दाहालले भन्नुभयो, “हामी नयाँ बाटोमा भए पनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन, उद्देश्यप्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नुपर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्रै शिखरमा पुगिन्छ, राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।” अध्यक्ष दाहालले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर तथा क्रान्तिकारी पार्टी र संसद्वादी पार्टीबीच समझदारी गराएर गणतन्त्र र समावेशी राज्य सम्भव भएको बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “समाजवादको यात्रा गम्भीर र लामो यात्रा हो, यसका लागि व्यापक एकताको खाँचो पर्छ, हिजो जुन सपना देखेर हामी हिँडेका थियौँ ती सबै एकपल्ट एकजुट हुन जरुरी छ ।” कार्यक्रममा चन्द नेतृत्वको विद्यार्थी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ नेता तथा कार्यकर्तालाई उहाँले अबिर र खादा लगाई पार्टीमा प्रवेश गराउनुभयो । नेकपा प्रवेश गर्दै सचिवालय सदस्य राईले अध्यक्ष नेकपाको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वाससहित पार्टीमा प्रवेश गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने