२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बाराको तेलकुवावासीमा सोलार पम्पले ल्यायो यस्तो परिवर्तन

१६ पुष २०७५, सोमबार ०९:५०

 तिर्थ भट्टराई पुस १६, तेलकुवा  (रासस) |  बारा जिल्लाको महागढीमाई नगरपालिका–७ तेलकुवाका किसानलाई केही वर्ष अगाडिसम्म पनि खान लाउन, छोराछोरी पढाउन र औषधि उपचार गर्न धौधौ थियो । तर दुईवर्ष अगाडि एउटा नयाँ प्रविधि आएपछि भने स्थिति फेरिएको छ । उनीहरु खाइलाई गरेर, छोराछोरी पढाउने तथा औषधि उपचार गरेर पनि दुई चार पैसा बचत गर्नसक्ने भएका छन् । 

पहिले यस गाउँमा सिँचाइको सुविधा नभएकाले परम्परागत रुपमा धान मकै, गहुँ, उखुको मात्र खेती गर्दथे । तरकारी खेती हुँदैन भनेर खेती गर्दैनथे र कलैयाबाट विषादीयुक्त तरकारी खरीद गरेर ल्याइखान्थे, विषादीका कारण बिरामी पर्दथे र उल्टै औषधि उपचारमा धेरै रकम खर्च गर्नुपर्ने बाध्यता थियो । 

उनीहरु साग खाँदैनथे, त्यसैले सागको खेती पनि गर्दैनथे । यहाँका स्थानीयवासीमा साग खाने मानिस तल्लो स्तरको हो र इज्जतदार मानिसले साग खाँदैनन् भन्ने मान्यता थियो । कसैले खेती गरिहाले पनि सिँचाइ अभावमा राम्रो नहुने हुनाले यहाँ तरकारी खेती नै हुदैन भन्ने बुझाइ थियो । 

दुई वर्ष अगाडि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा तेलकुवा कृषि कम्पनी स्थापना गरी कम्पनीमार्फत नयाँ प्रविधिको सोलार पम्प जडान गरेपछि भने यहाँका किसानको अवस्था फेरियो । पहिले परम्परागत डिजेल पम्पबाट पानी तानेर खेती गर्न किसानहरु त्यति अग्रसर हुदैन |

 डिजेल पम्पबाट सिँचाइ गर्न महँगो पर्दथ्यो अर्थात् दिनको रु २०० तिर्नु पर्दथ्यो । विद्युत् भए पनि अनियमित हुन्थ्यो । त्यसैले सहज नहुने तथा फाइदा नहुने भनेर तरकारी खेती नै गरिँदैनथ्यो । 

सोलार पम्प जडान गरेपछि भने समूहमा आवद्ध भएका किसानलाई निःशुल्क र समूह बाहिरका सदस्यलाई दिनको रु ५० देखि रु ७५ सम्ममा पम्पबाट सिँचाइ सुविधा उपलब्ध गराइयो । यस कम्पनीबाट एक ठाउँमा सोलारबाट पम्प चलाइन्छ भने पम्प गरिएको पानी पाइपबाट सम्बन्धित किसानका खेतमा पुर्याइन्छ । 

यस पम्पले गर्दा स्थानीय किसान (समूह बाहिरका) लाई सिँचाइवापत चार गुणा कम खर्च पर्न जाने भयो । यसका साथै सोलार पम्प भएकाले डिजेल किन्नुपर्ने र डिजेलको हानिकारक धुवाँमा काम गर्नुपर्ने बाध्यता हटेर वातावरण पनि सफा हुन थाल्यो । यसबाट स्वच्छ वातावरणमा काम गर्न पाइने हुनाले किसान आकर्षित भई लाभान्वित हुन थाले । कम्पनीले ‘एक घर एक करेला’ नाराका साथ तरकारी खेती अभियान नै शुरु गरेको थियो । 

किसानलाई घरमा एक तीतेकरेलाको बोट लगाएर महीनामा तरकारीमा हुने रु ४०० खर्च र वर्षमा विषादीयुक्त तरकारी खाँदा हुने रु १० हजार बराबरको औषधि खर्च बचाउनोस् भनेर अभियान चलाएको बताउनुहुन्छ तेलकुवा कुषि कम्पनीका प्रबन्ध निर्देशक अरविन्द शाह । उहाँ भन्नुहुन्छ, “यहाँ तरकारी खेती हुँदैन, सप्रँदैन भनेर परम्परादेखि नै तरकारी खेती हुँदैनथ्यो, कलैया बजार गएर तरकारी किनेर ल्याई खाइन्थ्यो । तर यो प्रविधि प्रयोग गरेपछि भने किसान तरकारी खेती गर्न थाले र आफूले खाएर पनि बचत गर्न पनि पुग्नेभयो ।” 

अहिले यहाँ कम्पनीबाट समूहमा आवद्घ किसानको जम्मा ३० कट्ठा जग्गामा तरकारी खेती भइरहेको छ भने १० कट्ठामा खुर्सानी मात्र खेती हुन्छ । उत्पादनबाट नाफा भएन भनेपनि जग्गा वापत एक कट्ठाको भाडावापत वार्षिक रु ३ हजार दिइन्छ । हाल यहाँ मुला, गोलभेँडा, खुर्सानी आदि खेती भइरहेको छ । 

स्थानीय किसान शीवरतन पंणित आफूले पनि १० धुर जग्गामा तरकारी खेती गरी आफूले खाएर पनि वर्षको रु २० हजार फाइदा हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘पहिले साग खानु तल्लो स्तरको मानिने हुनाले कसैले खाँदैनथे, साग खाउ फाइदा हुन्छ भनेर सम्झाउनु पथ्र्यो । अहिले त सबैले साग लगायत तर्कारी खेती गर्छन् । सोलार पम्पले सिँचाइ गर्न सजिलो भएको छ, उत्पादन पनि राम्रो हुन्छ ।’’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा