२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कालीकोटका अग्निपीडितलाई सहयोग

१६ पुष २०७५, सोमबार ११:०८

 पुस १६, सुर्खेत (रासस) |  मदन भण्डारी फाउण्डेसन केन्द्रीय कार्यालयले कालीकोटका अग्निपीडित परिवारलाई राहत प्रदान गरेको छ । फाउण्डेसनका केन्द्रीय सदस्य एवं सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका पुगेको टोलीले राहत सामग्री प्रदान गरेको हो । 

फाउण्डेसन कालीकोटद्वारा पलाताको थिर्पुमा आयोजित कार्यक्रममा शर्माले गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । फाउण्डेसनका केन्द्रीय अध्यक्ष उषाकिरण भण्डारीको विशेष पहलमा अग्निपीडित परिवारलाई राहत सङ्कलन गरिएको थियो । फाउण्डेसनले अग्निपीडित ८७ घरधुरीका लागि सिरक एक सय थान, चामल ५० क्वीन्टल, पाल–त्रिपाल ५० थान, कम्बल ४० थान, तेल दुई सय लिटर, २५ बोरा चिउरा, चाउचाउ, पानी बोक्ने झोला, औषधिलगायत राहत सामग्री उपलब्ध गराएको छ । 

सांसद शर्माले विपद्का बेला सबैले सहयोग गर्नुनै मानवीय धर्म भएको बताउनुभयो । नेकपा कालीकोटका नेता नगेन्द्र शाहीले अग्निपीडितलाई सहयोग र पुनःस्थापनामा सहयोग जुटाउन तत्पर रहेको बताउनुभयो । 

यही पुस ९ गते राति पलाताको खाडा बस्तीमा आगलागी भएको थियो । गाउँपालिकाले एकद्वार प्रणालीबाट राहत सङ्कलन तथा वितरण गरिरहेको छ । अध्यक्ष बमले गाउँपालिकाले विकास निर्माणका लागि गठन गरेको युवा समूहले नै थिर्पुबाट बस्तीसम्म राहत सामग्री पु¥याइरहेको बताउनुभयो । कालीकोटको जितेगडा हुँदै कर्णाली करिडोरको थिर्पुसम्म गाडीबाट र त्यहाँबाट बस्तीसम्म पुग्न करीब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । 

प्रदेश सरकारले नमूनाबस्ती विकास गर्न प्रतिपरिवार रु पाँच लाख प्रदान गर्ने निर्णय गरिसकेको छ । घटनालगत्तै जिल्ला प्रशासन कार्यालय, कालीकोटले रु १० हजार र कर्णाली प्रदेश सरकारले रु २० हजार उपलब्ध गराइसकेका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो