२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

व्यक्तिगत खर्चमा समाजसेवा गर्दै नगरप्रमुख

१७ पुष २०७५, मंगलवार ०३:३४

पुष १७, बलेवा (रासस) | ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ । 

उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको छैन । बरु सार्वजनिक कार्यक्रम, समस्यामा परेका समुदाय, शिक्षा र स्वास्थ्यको समस्या भोगेका व्यक्तिलाई सहयोग गरिरहनुभएको छ । “केही परिवर्तन गरेर देखाउँछु,” नेपालीले भन्नुभयो । आफ्नो कार्यकालमा टहरामा बस्दै आएका नागरिकका लागि जस्तापाताको व्यवस्था गर्ने उहाँको योजना छ । अहिलेसम्म उहाँले आफ्नै खर्चमा ४६१ परिवारलाई जस्तापाता उपलब्ध गराउनुभएको छ । 

बुर्तिवाङस्थित निसीभुजी जनता क्याम्पसलाई नगरप्रमुख नेपालीले रु २१ लाख सहयोग गर्नुभएको व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अर्यालले बताउनुभयो । नेपालीले शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयमा ५१ शिक्षक व्यक्तिगत खर्चमा नियुक्त गर्नुभएको छ । उनीहरुलाई प्राथमिक तहको सरकारी शिक्षक बराबर तलब उपलब्ध गराउनुभएको छ । कक्षा १ देखि ३ सम्मका विद्यालयलाई दुई, १ देखि ५ सम्मकालाई तीन र कक्षा १० सम्मकालाई चार शिक्षक उपलब्ध गराउनुभएको छ । 

कूल डेढ सय शिक्षक आवश्यक पर्नेमा उहाँले एकतिहाइ शिक्षकको तलब आफैले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो । नगरभित्र ४४ विद्यालय छन् । नेपालीले आर्थिक अवस्था कमजोर भएका, दलित, अपाङ्ग र एकल महिलालाई निःशुल्क यातायातको व्यवस्था गराउने घोषणा गर्नुभएको छ । बुर्तिवाङदेखि पोखरासम्म उपचारको क्रममा यात्रा गर्न बाध्यलाई निःशुल्क सेवा दिनका लागि सबै वडाबाट लक्षित समुदायको परिचयपत्र बनाउने काम थालेको नेपालीले बताउनुभयो । 

“सबै वडामा विपन्न, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतको सूचक झल्कने परिचयपत्र बनाउँदै छौँ”, पोखरेलले भन्नुभयोे, “तयार भएपछि निःशुल्क सेवाको थालनी हुनेछ ।” नेपालीले आफ्नै खर्चमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै