२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

शिक्षा ऐन विपरित सरुवा गरेको भन्दै शिक्षकहरु आक्रोशित

२०७५, १७ पुष मंगलवार ११:०९

सम्राट सिंह । पौष १७, बझाङ । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा रहेका बिभिन्न बिद्यालयमा कार्यरत शिक्षकहरुलाई  शिक्षा ऐन विपरित सरुवा गरेको भन्दै सरुवा गरिएका शिक्षकहरु आक्रोशित भएका छन ।

खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले कुनै समन्वय नै नगरी आफुखुसी वेपायक पर्ने स्थानमा सरुवा गरेको भन्दै शिक्षकहरु आक्रोशित भएका हुन ।

गाउँपालिकाले विभिन्न विद्यालयका स्थायी ११ र बालशिक्षा २७ गरी ३८ जना शिक्षकहरु आफुखुसी सरुवा गरिएको बुझिएको छ । यसरी राजनितिक रंग दिएर एक्कासी बेपायक पर्ने विद्यालयमा सरुवा भएको जानकारी भएपछि शिक्षकहरु विभिन्न निकायहरुमा हचुवामा गरिएको सरुवा बदरको माग गरेका छन । 

समन्वय विना नियम विपरित पायक पर्ने मष्टा सामुदायिक विद्यालयबाट बेपायक पर्ने बाठपाला सामुदायिक विद्यालयमा सरुवा गरी गाउँपालिकाले अनावश्यक दुःख दिन खोजेको  बाल शिक्षा शिक्षिका मेनाका जोशी ल बताइन् । उनले भन्नि यसरी कुनै शिक्षा एकाइहरुसँग समन्वय नै नगरी हचुवाको भरमा एक्कासी सरुवा गर्दा आफु लगायत झण्डै ३८ जना शिक्षक÷शिक्षिकाहरु समस्यामा परेका छन ।  

गाउँपालिका ले शिक्षा नियमावली नवन्दासम्म पुरानो शिक्षा नियमावली ८औ संशोधन अनुसार काम गर्नुपर्ने जनाएको छ  । अध्यक्ष वर्क रोकायाले नेपाली काँग्रेसमा आस्था राख्ने केहि शिक्षकहरुलाई सरुवा नगरेको र सरुवा गरेका शिक्षकहरुलाई पायक पर्ने स्थानमा सरुवा गरेको र फरक राजनितिमा आस्था राख्नेलाई वेपायक पर्ने विद्यालयमा सरुवा गरेको स्थानिय शिक्षकहरुको आरोप छ ।

अध्यक्ष रोकायाले नेपाली काँग्रेसबाट विजयी भएका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल सुनार की भाई बुहारी चमेली सुनार, खप्तड छान्ना गाउँपालिकाका विद्यालय निरिक्षक खडक राज जोशीकी भान्जी बुहारी, काँग्रेसका नेता उत्तम रोकायाकी श्रीमती भगवती खडका÷ रोकाया लगायतलाई सरुवा नगरेको र काँग्रेसबाटै विजय भएका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक खडकाकी श्रीमतीलाई वेपायक पर्ने विद्यालयबाट पाएक पर्ने विद्यालयमा सरुवा गरेको र अन्य फरक आस्था राख्ने शिक्षकहरुलाई पायक पर्ने विद्यालयबाट वेपायक पर्ने विद्यालयमा सरुवा गरेको स्थानिय बिक्रम खडकाले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७५ पौष १२ गतेको निर्णयमा शिक्षा सम्बन्धी सम्पूर्ण कार्यहरु संघीय सरकारसँग समन्वय गरेर र संघिय कानुनसँग नबाँझिने गरी बनाउनु पर्ने ठाउँमा अध्यक्ष वर्क बहादुर रोकायाले समन्वय नै नगरी हचुवाको भरमा सरुवा गर्दा समस्या भएको शिक्षक संगठनका अध्यक्ष हरि जोशीले बताए । नयाँ शिक्षा नियमावली नबन्दा सम्म पुरानो शिक्षा नियमावली (आठौ संशोधन) अनुसार काम गर्नुपर्ने उनको भनाइ छ ।

गाँउपालिकाले शिक्षा बिकास तथा सम्बन्धित इकाईहरुसँग कुनै छलफल वा परामर्श नलिई सरुवा गरेको आरोप लगाइ रहेका शिक्षकहरुले यो निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । चार पाँच महिना सम्म विभिन्न पक्षहरुसँग छलफल गरी शिक्षकहरु सरुवा गरेको र आफुले सरुवामा कुनै राजनितिक रंग नदिएको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला