2026-09-04 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट फर्किएका युवाको पहिलो भेला सम्पन्न, यस्ता भए निर्णय

पुस १७, काठमाडौँ (रासस) | सरकारले विदेशबाट फर्कने नेपाली युवालाई प्रदान गर्ने रु दश लाखबाट आफूले सिकेको सीपलाई सदुपयोग गराउने उद्देश्यका साथ मलेसियाबाट फर्किएका युवाको पहिलो राष्ट्रिय भेला आज सम्पन्न भएको छ । 

स्वरोजगारबाट देशको अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यका साथ भेलाको आयोजना गरिएको हो । ‘मलेसिया रिटर्नी समाज नेपाल’ देशका ७७ वटै जिल्लाबाट मलेसियामा गई रोजगारी गरेर फर्किएका युवाका लागि सो भेलाको आयोजना गरेको हो । 

विशेष गरी खाडी मुलुकमा गएर फर्किएका नेपाली युवाका पक्षमा नेपाल युवा परिषद्ले गरेको प्रयासबाट नै रु १० लाख सहुलियत ऋण दिने व्यवस्था सरकारले गरेको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । 

“विकसित मुलुकमा बस्ने नेपालीले आफू नेपाली भएकामा आफैँलाई धिक्कार्छन्, तर जो खाडी मुलुकमा गएर काम गर्छन्, उनीहरु समृद्ध नेपालको सपना लिएर स्वदेशमै फर्कन्छन्”, ढुङ्गेलले भन्नुभयो । 

युवा परिषद्को तथ्याङ्कअनुसार २४ प्रतिशत अर्धदक्ष जनशक्ति विकसित मुलुकमा छन् भने ७० प्रतिशत युवा खाडीमुलुकमा काम गरिरहेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा निःशुल्करुपमा फारम वितरण गराउँदा पनि ठगीका घटना अगाडि आइरहेको बोर्डका कार्यकारी प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । “नेपालभित्रै श्रमको सम्मान गर्ने परिपाटीको विकास हुने हो भने सायद कुनै पनि युवालाई विदेश जानुपर्ने थिएन् होला”, उहाँले भन्नुभयो । 

नेपालभित्रै उद्यमशीलताको विकास गर्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनःविदेश जाने बाध्यात्मक स्थितिबाट माथि ल्याउन सचेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिटर्नी समाज नेपालका बुद्धि भट्टराईले जानकारी दिनुभयो । 

भेलाले वैदेशिक रोजगारीबाट फर्किएकालाई एकत्रित गरी समूह गठन गरेर आप्रवासीको राष्ट्रिय सञ्जाल गठन गर्ने, विदेशबाट फर्किएकाको परिवारमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने, विदेशबाट फर्किएकाको सामूहिक लगानीको सम्भावना खोज्ने, सङ्घ, प्रदेश र स्थानीय सरकारलाई नीतिगत तथा कार्यक्रमगत सुझाव उपलब्ध गराउने एवम् विदेशबाट सिकेको सीप, अनुभव र लगानीलाई देश विकासमा लगाउन रणनीतिक बहसमार्फत सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सुझाव पेश गर्ने उद्देश्यसमेत भेलाको छ । 

भेलाले २१ जनाको कार्यसमितिसमेत चयन गरेको छ । अध्यक्षमा राजेश श्रेष्ठ, उपाध्यक्षमा विनोद खड्का, महिला उपाध्यक्षमा कोपिला कार्की, महासचिवमा रामचन्द्र नेपाल, सचिवमा विष्णुहरि भण्डारी र कोषाध्यक्षमा प्रकाश क्षेत्री रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ