२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पचासी वर्षमा नागरिकता

१८ पुष २०७५, बुधबार ०६:०७

 पुस १८, कावासोती (रासस) | नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का मनसरा पुलामीले ८५ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । 

पुलामीलाई प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मङ्गलबार नागरिकता प्रदान गर्नुभएको हो । उहाँ नागरिकता नहुँदा सामाजिक सुरक्षाभत्ताबाट वञ्चित रहँदै आउनुभएको थियो । रेडियो सामथ्र्य, मध्यविन्दु आँखा उपचार केन्द्र र ग्लोबल आइएमई बंैकको सहकार्यमा बालुवाडाँडामा आखा शिविर सञ्चालन गरिनाका साथै नागरिकतासमेत वितरण गरिएको थियो । 

क्यान्सरपीडितलाई सहयोग 

कावासोती नगरपालिका–१ का अर्बुदरोग (क्यान्सर)पीडित ३४ वर्षीया उमाकला चापागार्इंलाई आर्थिक सहयोग प्रदान गरिएको छ । देवदह सेवा समाज नेपालले चापागाईंलाई रु ५६ हजार सहयोग गरेको हो । देवदह सेवा समाजका अध्यक्ष रमेश न्यौपानेले सो रकम पीडितलाई हस्तान्तरण गर्नुभएको हो । 

डेढ महीनाको छोराकी आमा चापागाईं पाठेघरको क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँको उपचारका लागि आर्थिक सहयोग अभियान थालिएको हो । चापागाईंलाई वडाले समेत सहयोग गर्ने वडाध्यक्ष नारायण पन्तले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य