Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पचासी वर्षमा नागरिकता

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १८, कावासोती (रासस) | नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का मनसरा पुलामीले ८५ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।

पुलामीलाई प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मङ्गलबार नागरिकता प्रदान गर्नुभएको हो । उहाँ नागरिकता नहुँदा सामाजिक सुरक्षाभत्ताबाट वञ्चित रहँदै आउनुभएको थियो । रेडियो सामथ्र्य, मध्यविन्दु आँखा उपचार केन्द्र र ग्लोबल आइएमई बंैकको सहकार्यमा बालुवाडाँडामा आखा शिविर सञ्चालन गरिनाका साथै नागरिकतासमेत वितरण गरिएको थियो ।

क्यान्सरपीडितलाई सहयोग

कावासोती नगरपालिका–१ का अर्बुदरोग (क्यान्सर)पीडित ३४ वर्षीया उमाकला चापागार्इंलाई आर्थिक सहयोग प्रदान गरिएको छ । देवदह सेवा समाज नेपालले चापागाईंलाई रु ५६ हजार सहयोग गरेको हो । देवदह सेवा समाजका अध्यक्ष रमेश न्यौपानेले सो रकम पीडितलाई हस्तान्तरण गर्नुभएको हो ।

डेढ महीनाको छोराकी आमा चापागाईं पाठेघरको क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँको उपचारका लागि आर्थिक सहयोग अभियान थालिएको हो । चापागाईंलाई वडाले समेत सहयोग गर्ने वडाध्यक्ष नारायण पन्तले जानकारी दिनुभयो ।