२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दो

२०७५, १८ पुष बुधबार १०:४४

पुस १८, रोल्पा | रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् । 

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकामा आव २०७३÷७४ मा यो दर ३९ प्रतिशत पुगेको थियो । यसैगरी आव २०७४÷७५ मा यसरी अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या ४० प्रतिशत पुगेको देखिएको छ । 

यसरी अस्थायी साधन प्रयोग गर्नेमध्ये २६ प्रतिशतले इम्प्लान्ट प्रयोग गर्ने गर्दछन् । त्यसैगरी २४ प्रतिशतले कण्डोम प्रयोग गर्ने देखिएको छ । डिपो प्रयोग गर्नेको सङ्ख्या २३ प्रतिशत देखिएको छ । जिल्लामा आइयुसिडी र पिल्स प्रयोगकर्ता क्रमशः ४ र ६ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । 

जिल्लामा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या भने १७ प्रतिशत मात्र देखिएको छ । पुरुष बन्ध्याकरण भ्याक्सेटोमी र महिला स्थायी बन्ध्याकरण मिनिल्याप गर्नेको सङ्ख्या अस्थायी साधन प्रयोगकर्ताको तुलनामा कम रहेको बताइन्छ । 

जिल्लामा सबै अस्थायी साधन प्रयोगमा किशोरीको आकर्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिनुभयो । अघिल्लो आवमा सबै प्रकारका अस्थायी साधन गर्ने किशोरीको सङ्ख्या ५५३ थिए अनमी डाँगीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा