2026-06-17 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! फस्नुहोला, जापानमा नेपाली कामदार लैजाने निर्णय भएको छैन

पुस १८,काठमाडौं । बैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीको लागि जापान खुलेको भनि गरिएको भ्रामक विज्ञापन प्रति ध्यानाकर्षण भएको जनाएको छ। विगत केहि समय अघि देखि केहि छापाहरुमा व्यक्ति/कम्पनि तथा बैदेशिक रोजगार संचालनको लागि इजाजत प्राप्त संस्थाहरु समेतले जापानको लागि बैदेशिक रोजगारीमा कामदारहरु पठाउने तथा श्रम अनुमति समेत खुलेको भनि विज्ञापन प्रकाशित गरेको पाइएकोले ध्यानाकर्षण भएको विभागले जनाएको छ । 

विभागले जापान पठाउने भनि संस्थागत/ व्यक्तिगत/कम्पनीबाट गरिएको सबै क्रियाकलाप कानून विपरित देखिन आएकोले त्यस्ता गतिविधि नगर्न/नगराउन सबैमा सचेत गराएको छ। विभागले जारी गरेको सूचनाको अवज्ञा गरि गैर कानूनी क्रियाकलाप गरे/गराइएको पाइएमा त्यस्ता व्यक्ति/संस्था/कम्पनि उपर बैदेशिक रोजगार ऐन/नियम अनुसार तत्काल कारवाही गरिने विभागले जनाएको छ । नेपालबाट कामदार बैदेशिक रोजगारीमा जापानमा पठाउने सन्दर्भमा हालसम्म नेपाल सरकारबाट कुनै पनि निर्णय भई नसकेको विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ